Home » » पारस पुत्र हृदयन्द्र नेपालको राजा बन्ने ज्योतिषहरुको दाबी

पारस पुत्र हृदयन्द्र नेपालको राजा बन्ने ज्योतिषहरुको दाबी

Written By Unknown on Tuesday, September 10, 2013 | 5:09 AM

काठमाडौं । महान जनआन्दोलनले अन्त्य गरेको नेपालको २४० वर्षे पूरानो राजतन्त्र फेरी फर्कने दाबी ज्योतिषहरुले गरेका छन् । राजतन्त्र समाप्त भएको एक दशकपनि पुरा नहुदाँ राजनितीकदलवाट वाक्क भएर जनताको साथ पाउन थालेका राजाले सके आफू, नसके छोरा त्यो पनि नसके नातीलाई नै भए पनि राजाका रुपमा उपस्थित गराएर राजतन्त्र फर्काउने षड्यन्त्र भैरहेको बेला ज्योतिषहरुले पनि पूर्व राजा ज्ञानेन्द्र शाहपुत्र पारस शाहका पुत्र हृदयन्त्र शाह राजा हुन सक्ने बताउन थालेका छन् ।

जनआन्दोलनको आडमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर मुलुक अझैपनि संस्थागत हुन सकेको छैन । आआफ्नै अडान र विचारमा फसेका दलहरुले जनातको विचारको करद नगर्दा चार वर्षसम्म पनि संविधान दिन नसकेपछि स्वतः विघटन भएको संविधानसभाको अर्को चुनाब फेरी नजिकीर्दै छ । नयाँ संविधानसभा निर्वाचनको तयारी भइरहे पनि विवादमै रहेको दलहरुको राजनीतिक अझै अन्योलमै रहेको नेपालरुस डटकममा खबर छ ।

यता राजतन्त्र पक्षधर र स्वयम् पदच्युत राजा पनि कुनै न कुनै माध्यमबाट आफूलाई स्थापित गराउने प्रयासमै रहेको देखिन्छ । बरिष्ठ ज्योतिष एवं वास्तुशास्त्री डा.बासुदेव कृष्ण शास्त्रीले पनि हृदयन्त्र राजाका रुपमा फर्कने सक्ने दावी गरेका छन् । शास्त्रीको वेभसाइट http://www.pujalaya.com प्रकाशित एक लेखमा यस्तो दावी गरिएको हो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS