
पत्रकार माथि बन्दकर्ताले आक्रमण गरे लग्त्तै स्थानीय बासिन्दा बन्दको प्रतिकारमा उत्रिएका थिए । नेकपा(माओवादीका कार्यकर्ताहरुले स्थानीयको प्रतिकारको प्रतिरोध गर्न हातमा रड बोकेर सडकमा उत्रिएपछि प्रहरीले उनीहरुलाई लखेटेको थियो ।
ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक आश्विन कुमार गिरीका अनुसार रड बोक्ने आधा दर्जन भन्दा बढी बन्दकर्तालाई पक्राउ गरिएको छ ।बन्दको प्रभावले जनजिवन पूर्ण रुपमा प्रभावित बनेको छ । भाडाका सवारी साधनहरु चलेका छैनन् । बनेपामा केही पसलहरु भने खुुलेका छन ।
प्रहरीले शान्तिसुरक्षा खलल पार्ने काम गरेको आरोपमा नेकपा(माओवादीका केन्द्रिय सदस्य चुडामणी गौतम, जिल्ला कमिटी सहसचिव गोपाल घिमिरे, क्षेत्र।न। ४ का इञ्र्चाज गिता रसाइली, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सागर मिजार, राष्ट्रिय युवा जनस्वयम् सेवक नेपालका जिल्ला इञ्र्चाज खड्ग बहादुर श्रेष्ठ, नेता सागर मैनाली, लगायतका नेताहरुलाई पक्राउ गरेको छ ।
ुप्रहरी प्रशासनले पूर्वाग्रही ढंगले हाम्रो आन्दोलनमा हस्तक्षेप गरेु नेकपा(माओवादीका जिल्ला ईञ्र्चाज दिपक देवकोटाले भने ुप्रहरी पक्राउ गरेका हाम्रा नेताहरु तत्काल रिहा नगरे अझै सशत्त ढंगले आन्दोलन गर्दछौ ।
(फोटो कान्तिपुर)
0 : बिचार र सुझाबहरु:
Post a Comment