Home » » मलेसियामा तुहेको वीरेन्द्रको सपना

मलेसियामा तुहेको वीरेन्द्रको सपना

Written By Unknown on Monday, November 18, 2013 | 4:59 AM

३ मंसिर, क्वालालम्पुर । गाउँमा कपडाको व्यापार गरेर राम्रै कमाई गरिरहेका सिराहाको धनगढी-९ मुसहरनिया गाउँमा ३६ वर्षीय  वीरेन्द्र साह धेरै कमाई गर्ने सपना बोकेर मलेसिया उडेका थिए ।टालीले छाएको सानो घर, पत्नी गीता, र हुर्किंदै गरेका १५ वर्षीय जेठा छोरा सुरज र १३ वर्षीय कान्छो छोरा सुन्दर साहलाई छोडेर मलेसिया उडेका उनी अहिले जीवनमरणको दोसाधमा छन् ।

 गाउँमा रहुन्जेल साहले नेपाल तथा भारतबाट ल्याएर कपडाको व्यापार गर्थे । हाटबजारमा पुर्‍याएर कपडा बेच्न उनलाई पत्नी गीताले पनि साथ दिइरहेकी थिइन् । कपडा व्यापारबाट आउने कमाईले वीरेन्द्रलाई परिवारको जीविका चलाउन कठिन भएको थियो । गाउँमा कपडा व्यापार चलाउन साहले पत्नीको नाममा रहेको १२ धुर जग्गा छिमेकी विकास वैकमा राखेर डेढ लाख रुपैयाँ ऋण लिएर कपडा व्यापार गरेका थिए ।birendra-das

 वीरेन्द्रलाई संसार देखाएकी आमाको १० वर्षअघि नै मृत्यु भइसकेको रहेछ । पेटको रोगबाट थलिएकी आमालाई खर्चको अभावमा उपचार गर्न नसकेको पीडा उनले अझै पनि भुल्न सकेका छैनन् । आर्थिकरुपमा निम्न अवस्थाका वीरेन्द्रको वुवा भारतमा चौकिदारी गर्थे । चौकीदारी काम गर्दागर्दै वुवाको चार वर्ष अगाडि मृत्यु भएपछि लाश उतै जलाइएकाले वीरेन्द्रले बाबुको अन्तिम संस्कार गर्न पनि पाएनन् ।

 बज्रपातमाथि बज्रपात व्यहोरेका वीरेन्द्रलाई बाबु आमापछि अभिभावकत्व प्रदान गरेका दाजु श्रीप्रसाद साहलाई पनि चारवर्ष अघि भारतीय नागरिकहरुले घरैबाट अपहरण गरेर धनुषामा पुर्‍याई गोली हानेर हत्या गरिदिए । दैवले एकोहोरो खेदो गरेपछि विरक्तिएका वीरेन्द्रलाई व्यापारले पनि राम्रो कमाई दिएको थिएन । अर्कातिर १२ महिना पसिना बगाउँदा पनि आफ्नो खेतबारीमा फलेको अन्नले खान पुगेको थिए ।

दुई छोराहरु मध्ये जेठो ९ र कान्छो छोरा ६ कक्षामा पढिरहँदा आर्थिक संकटले उनीहरुलाई पढाउन पनि धौधौ परिरहेको थियो । गाउँमा बसेर दुई छाक टार्न नसकेपछि वीरेन्द्रले देशै छोड्ने मेसो मिलाएका रहेछन् ।  कपडा व्यापार गर्दा लागेको ऋण तिर्न गाउँ घरमा बसेर उपाय नलागेपछि वीरेन्द्रले विदेशीने योजना बनाए । बैंकमा रहेको ऋणमाथि थप डेढ लाख थपेर पैसा कमाउने सुन्दर सपनासहित वीरेन्द्र ६ महिनाअघि मलेसिया आइपुगेका रहेछन् । मेनपावरलाई एक लाख १० हजार रुपैयाँ वुझाएर उनी छ महिना मलेसियाको प्रवासी भूमिमा पाइला राख्न आइपुगे । ९ कक्षासम्म पढेका वीरेन्द्रले मलेसिया आउनेवित्तिकै निलाईमा रहेको ज्ञान फर्निचरमा काम गर्न थालेका थिए ।

 मलेसिया आएको ६ महिनापछि अहिले उनी घरबाट हिंड्दा बोकेका सबै सपना सम्झन पनि सक्दैनन् । सबै कुरा विर्सिएर एकोहोरो टोलाईरहन्छन् । आफूलाई मलेसिया पठाउने मेनपावरवारको नाम पनि उनलाई राम्ररी याद छैन । गाउँकै राजेश राईले आफूलाई मलेसिया पठाएको सम्झना भने उनमा छ । दैनिक आठ घण्टा काम गर्दा वीरेन्द्रले मासिक ५७२ मलेसियन र दैनिक तीन घण्टा ओभर टाईम गर्न पाउँथे । सोफा बनाउने मलेसियाको निलाईको ज्ञान फर्निचरमा उनले दैनिक २१ घण्टासम्म काम गरेका रहेछन् । रातदिन काममा रहँदा पनि बैंकको ऋणले वीरेन्द्रलाई पोलिरहन्थ्यो ।

 रातदिन पसिना बगाएर ६ महिनादेखि काममा लागेका वीरेन्द्रको हातमा आजसम्म एकपैसो हात लागेको छैन । पहिलो महिना तलब नपाएपछि तलब पाउने आशमा वीरेन्द्रले तलब पाउने आशमा निरन्तर पसिना बगाइरहे । पहिलो, दोस्रो, तेस्रो महिना हुँदै ६ महिनासम्म ओठ मुख सुकाएर काम गर्दा पनि उनको हातमा एकपैसो नपरेपछि वीरेन्द्रमाथि अर्को बज्रपात आइलागेको छ । पत्नी विरामी भएर अस्पतालमा भर्ना भएको बेला पैसा माग्दा पनि साहुले उनको कुरा एक कानले सुनेर अर्को कानले उडाइदियो । ६ महिनासम्म तलव नपाएपछि उनी अहिले एकोहोरो भएका छन् ।

एक ठाउँमा ठेस लागेपछि वीरेन्द्रले मलेसियामा पाइलापाइलामा हण्डर व्यहोर्नुपरेको छ । एउटाबाट ठगिएपछि काम खोज्दै अनेकौ ठाउँमा भौतारिंदा पनि उनलाई ठग्ने मात्र भेटिए । खान लाउन नपाएर एकातिर ज्यान झिट्टी भएको छ भने अर्कातिर घरको पिरलोले उनी बहुलाहाजस्तै भएका छन् । दिमाग एकोहोरो भएर भौतारिएका वीरेन्द्रलाई नाजकु अवस्थामा भेटाएपछि नेपालीहरुले दूतावाससम्म ल्याईदिए । भोकभोकै भौतारिएका वीरेन्द्र दुतावासमै बेहोस भएर ढले । दुतावासले अस्पताल भर्ना गरेको आठ दिनपछि मात्र उनको होस खुल्यो । होस खुलेपछि सन्चो भएको भन्दै अस्पतालले उनलाई प्रहरीको जिम्मा लगायो । प्रहरीले पुनः दुतावासमै ल्याएपछि कानुनी सहयोग खोजी गर्दै दुतावासमा वसिरहेका छन् ।

 मलेसियामा भोग्नु सम्म कष्ट भोगेपछि उनी अव नेपाल र्फकन चाहन्छन् । नेपालसम्म उनी एक्लै जानसक्ने अवस्थामा छैनन् । सहयोगी विना उनी हिंड्डुल गर्न पनि सक्दैनन् । एकातिर ज्यान झिट्टी भएको छ भने अर्काति खल्तीमा एक पैसो छैन । नेपालबाट आउँदा साँचेका सपना त पानीका फोकासरी फुटिसकेका छन् । दूताबासमा टोलाएर बसिरहने वीरेन्द्रका हात पनि मजनाले चल्दैनन् ।

 ’मलाई केही भएको छैन, म तगडै छु, ऋणको बोझ विसाउन नपाउने पिरलोले मनमा भुईंचालो गएको छ ।’, उनी भन्छन्, ‘व्यापार गर्दा र यता आउँदाकेा ऋण तिर्न पाए सबै राम्रो हुन्थ्यो ।’ वीरेन्द्र विदेश हानिएपछि उनको घर व्यवहार पनि लथालिङ्ग भएको छ । घरमा कमाई गर्ने कोही नभएपछि पत्नी र छोराहरु माइत, मावलीमा आश्रय लिएर बसेका छन । अनलाईनखबरले मलेसियाबाट सम्पर्क गराइदिंदा पत्नी गीतालाई उनी भन्दैथिए, ‘चिन्ता लिनुपर्दैन, सवैको सहयोगले म नेपाल फर्किदैछु ।’

 नेपाली दूतावासले पनि उनले काम गरेको कम्पनी र मेनपावरबाट क्षतिपूर्ति दिलाईदिने आश्वासन दिलाएकाले उनमा बाँच्ने आशा पलाएको छ । दूतावासले दिएको बचन पूरा भएमा गुम्न लागेको सम्पत्ति पुनः आफनो हुने अर्को सपना साँच्दै देश र्फकने आशमा बसिरहेका छन् वीरेन्द्र ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS