रोल्पा,३ मंसिर ३ । नेपाल प्रहरीले गएराती रोल्पाको होलेरीमा एमालेका एक कार्यकर्तालाई मरणासन्न हुनेगरी कुटेको एमाले रोल्पाले जनाएको छ । डुब्रीङ–१ का कुलबहादुर बुढालाई एक होटलमा ट्वाईलेट जादै गरेको अवस्थामा निर्घात कुटपीट गरेको आरोप एमालेले लगाएको छ।
बुढाले राती अमर्यादित व्यवहार गरेका कारण घटना घटेको ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक बिचित्र शाहले बताएका छन् । उनले छानबिनको लागि कुटपीट गर्ने प्रहरी जवान हुर्मत अधिकारीलाई हिरासतमा राखीएको जनाए।
घटना पछि सो क्षेत्रमा एमालेका कार्यकर्ता अहिले आक्रोसीत भएका छन्।
0 : बिचार र सुझाबहरु:
Post a Comment