Home » » कोरियमा कार्यरत मल्कबाङ्गवासीहरुद्धारा दरखोला मेलालाई आर्थिक सहयोग

कोरियमा कार्यरत मल्कबाङ्गवासीहरुद्धारा दरखोला मेलालाई आर्थिक सहयोग

Written By Unknown on Saturday, November 29, 2014 | 6:51 PM

पुष, ११ म्याग्दी ।  मातृभूमिप्रतिको प्रगाढ मायालाई नेपालीहरु जहा पुगेपनि विर्सिदैन भने जस्तै मल्कबाङ्गवासीहरुले आफ्नो मातृत्वको सम्झना गराउदै कोरियमा कार्यरत साथी भाइहरु मिलेर आर्थिक सहयोग गरेका छन् ।

बार्षिक रुपमा मनाउदै आइरहेको महत्वपूर्ण दरखोला मेलाका लागि संसारभरि छरिएर रहेका मल्कबाङ्गबासीहरुले स्वइच्छा अनुरुप आर्थिक सहयोग गर्दै आइरहेका छन् । यही महत्वपूर्ण मेलालाई सफल बनाउनका लागि कोरियामा कार्यरत मल्कबाङ्गवासी सात जना महानुभावहरुले जनाई १० हजारका दरले आर्थिक सहयोग गरेका छन् ।



विदेशको भुमिमा आफ्नो श्रम बेचेर भएपनि गाउ ठाउमा शिक्षा देखि सांस्कृतिक पहिचानसम्म बचाउनु पर्छ भन्ने मन बोकेका आमनेपालीहरु माझमा मल्कबाङ्गबासीहरु पनि एक हुन् भन्दा फरक नहोला । त्यसै भावना बोकेर कोरियाली जीवन विताइरहेका सातजना युवाहरुले दरखोला मेला २०७० लाई भव्यता सफलताको कामना सहित उक्त रकम सहयोग गरेका हुन् ।


परपूर्वकालदेखि मनाउदै आइरहेको यस दरखोला मेला ऐतिहासिक महत्व रहीआएको छ । ऐतिहासिक यस्ता संस्कारहरु  समयानुरुप लोप हुदै गइरहेको उदाहरणहरु पनि धेरै छन् । लोभ उन्मुख हुदै गइरहेको यस्ता संस्कारहरुको जर्गेना गर्नु पर्ने जिम्मेवारी सम्पूर्ण युवा वर्गहरुको हो । मल्कबाङ्गबासी माझ हुदैआइरहेको दरखोला मेला पनि एक महत्वपूर्ण सांस्कृतिक संस्कार हो । यसलाई हाम्रो नयाँ पिंडीहरुसम्म पुर्याउने जर्मेको हामी सबैले गर्नुपर्छ । आज आएर जुन महत्वपूर्ण संस्कारलाई बचाउन मल्कबाङ्गवासीहरु जसरी लागिपरेका छन् यो नै हामी सबैको सौभाग्य र महत्वपूर्ण कदम हो ।

दरखोला मेला २०७० लाई भित्री आत्मदेखि सफलत होस भन्दै कोरियाबाट आर्थिक सहयोग गर्नुहुने महानुभावहरुमा बिरमान घरब्जा छन्त्याल , श्याम भलन्जा छन्त्याल,  अगेन्द्र घरब्जा छन्त्याल,  अमर भलन्जा छन्त्याल, ज्ञान भलन्जा छन्त्याल, नबिन घरब्जा छन्त्याल र पूर्ण घरब्जा छन्त्याल हुनुहुन्छ । उहाँहरुबाट कुल जम्मा ७० हजार रुपैया आयोजक कमिटिलाई पठाएको जानकारी कोरियाबाट अमर भलन्जा छन्त्यालले बताएका छन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS