पुष, ६ म्याग्दी । म्याग्दीको मल्कबाङ्गमा धन्यश्वर पुर्णमिको अवसरमा विगतका वर्षहरुमा झैं यस वर्षपनि दरखोला मेला लागेको छ । मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनुका साथै आकर्षक पुरस्कारहरुको व्यबस्था सहित प्रतिस्प्रधात्मक खेलकुदको समेत आयोजना गरिएको छ । धन्यश्वर पुर्णमिाको अवसरमा स्थानीय आमा समुह र क्लवको सहभागितामा बाजागाजा सहित मल्कबाङ्गको माकुस डाँडामा रहेको धन्यश्वर मन्दिरमा पुजाआज गरी मेलाको उद्घाटन गरिएको क्लव अध्यक्ष जगेन्द्र छन्त्याल र सांस्कृतिक संयोजक दलमान छन्त्यालले जानकारी गराएकाछन् । मेला सफल पार्न देश विदेशबाट आयोजक समितिलाई आर्थिक तथा भौतिक सहयोग पाएको मेलाका सांस्कृतिक संयोजक दलमान छन्त्यालले जानकारी गराएका छन् ।
संयोजक छन्त्यालका अनुसार सहयोग गर्नेहरुमा बिर छन्त्याल हाल युके तीस हजार, सोमबहादुर लामकाने हाल पोखरा तीस हजार, ज्ञानबहादुर छन्त्याल हाल पोखरा पच्चिस हजार, मोहन छन्त्याल हाल अष्ट्रेलिया दश हजार, खड्ग घरब्जा हाल दर्बाङ्ग पाँच हजार, सज्जा होटेल बिम अर्कला पच्चिस सय, डा. किसोर छन्त्याल हाल पोखरा दुइ हजार, नमस्ते होटेल बेनी दुइ हजार र अन्य सहयोगीहरु गरी करिब १ लाख ९१ हजार सहयोग प्राप्त भईसकेको छ भने अझै सहयोग आउने क्रम जारी रहेको छ ।
त्यसैगरी आर्थिक सहयोग गर्नेहरुमा किश्वर छन्त्याल हाल युके आठ हजार पाँच सय, शेरबहादुर छन्त्याल हाल युके आठ हजार पाँच सय, इमान छन्त्याल हाल युके आठ हजार पाँच सय, चन्द्र छन्त्याल हाल युके आठ हजार पाँच सय, इश्वर छन्त्याल हाल युके आठ हजार पाँच सय, नरबहादुर छन्त्याल हाल युके आठ हजार पाँच सय, दिवश छन्त्याल हाल युके आठहजार पाँच सय, धनबहादुर छन्त्याल हाल युके आठ हजार पाँच सय, गोपाल छन्त्याल हाल युके आठ हजार पाँच सय, तिर्थ छन्त्याल हाल युके आठ हजार पाँच सय, याम छन्त्याल हाल युके आठ हजार पाँच सय सहयोग प्राप्त भएको जानकारी क्लवका अध्यक्ष तथा मेलाका खेलकुद अध्यक्ष जगेन्द्र छन्त्यालले बताएका छन् ।
मेलालाई मनोरञ्जनात्मक बनाउन पोखराबाट दीपज्योति गजल क्लवका नृत्यङ्गाना स्मृति पुन साथै अन्य कलाकारहरुले स्थानीय क्लवका युवा युवतीहरुलाई दुई साता देखि नृत्य अभ्यास गराइरहेको मेलाका सांस्कृतिक संयोजक दलमान छन्त्यालले जानकारी गराएका छन् । मेला सफल पार्न देश विदेशबाट उत्सहाजनक सहयोग मिलेको र मेलाको सम्पूर्ण तयारी व्यवस्थित तरिकाले पूरा भएकोले मेला अत्यन्तै सभ्य र भव्य सम्पन्न हुनेमा आयोजक कमिटि विश्वास्त रहेको मेला आयोजक अध्यक्ष इन्द्र छन्त्याललाई उद्दृत गर्दै क्लव अध्यक्ष जगेन्द्र छन्त्यालले जानकारी गराएका छन् ।
0 : बिचार र सुझाबहरु:
Post a Comment