Home » » प्राकृतिक धनी मल्कबाङबासी सचेत हुने वेला आइसक्यो

प्राकृतिक धनी मल्कबाङबासी सचेत हुने वेला आइसक्यो

Written By Unknown on Saturday, November 29, 2014 | 7:03 PM

सुन्दर नेपालमा हजारौ प्राकृतिक सम्पदाहरु रहेका छन् । त्यसैको उपज हो स्वर्गरुपी नेपालमा नेपाली गाउँघर अनि शहरबजार । भौगोलिक दृष्टिमा हिमाल, तराई र पहाड साथै अनेकौ सांस्कृतिक जातिय पहिचानहरु पनि रहेका छन् । यी सांस्कृतिलाई जगेर्ना गर्ने सयौ जातिहरु छन् ।


बास्तवमा नेपालका विभिन्न जात जातिको पहिचानले नेपाली संस्कृतिलाई विश्वबजारमा सांस्कृतिक धनि बनाएको छ भन्दा फरक नपर्ला । नेपालभित्रको भौगोलिक प्रारूप तीन किसिमको छ, ती तीनै भागको महत्व बराबर रहीआएको छ । यी ३ भागमध्ये पहाडी भागको धौलागिरी अंचल अन्तर्गत पर्ने म्याग्दी जिल्लाको मल्कबाङ गाबिस पनि एउटा नमुना र सांस्कृतिक गाउँ हो ।





सदरमुकाम देखि ४४ किलोमिटरको दूरिमा रहेको  गाउमा बाक्लो मात्रामा छन्त्याल जातिहरुको बसोवास रहेको छ । साथै अन्य जातिहरु पनि मिश्रित रुपमा बस्दैआइरहेका छन् ।  यी दुर्गम गाउँमा बसोवास गर्ने छन्त्याल  जातीहरुको आ आफ्नै रीति रिवाज र चाल चलनहरु छन् । यी जातिहरु अझै पनि आफ्नो भाषा अनि संस्कृतिको पहिचान बोकेर विकासोन्मुख बाटोहरुमा संघर्ष गरिरहेका छन् । छन्त्याल  जातिको बाहुल्यता भएकै कारणले मल्कबाङ गाविसमा छन्त्याल  जातीको रीति रिवाज भाषा अनि संस्कृतिक विविधा बाक्लो नै देखिने गरिन्छ ।



पर्यटकीय दृष्टिकोणले ठूलो प्रभाव पार्नसक्ने यस गाविसलाई धौलागिरी जस्ता हिमालले सुन्दरताको जलप लगाएको छ ।  प्राकृतिक सम्पत्तिलाई मल्कबाङबासीहरुले उपयोगमा ल्याउन मात्र सकियो भने विश्वका पयर्टकहरु त्यहा ओइरिन सक्छ । त्यसका लागि राज्यले कृतिम भौतिक सुविधाहरु बनाउनु जरुरी छ । प्राकृतिक सुन्दरतासँगै कृषि जस्ता उत्पादनमुलक क्षेत्रमा राज्यले आधुनिकरण बनाउन सक्यो भने मात्र पनि मल्कबाङवासीहरु आफ्नो जीवन धन्न विदेश ताक्नु पर्ने थिएन ।



प्राकृतिक सुन्दरतासँगै मावन जीवनलाई प्रयोग हुने विभिन्न जडिवुढीहरु चिनेर पनि उपभोग गर्न नसक्दा मल्कबाङबासी मात्र होइन राज्य समेत आत्मग्लानी गरेर बस्नु बाहेक विकल्प छैन । वेला-बेलामा हुने गरिएका गाउ विकास देखि संसदयी निर्वाचनमा नेताहरुले ठुलै सपना देखाउने गर्छन् । ती सपना भोट दिइसकेपछि कैहिले नदेख्ने गरी तुहिने गर्ने गर्छन् । चुनावको वेला नेताहरुले गरिएको ठुला-ठुला बाचालाई ५० प्रतिशत मात्र मल्कबाङबासीमा पुर्याउन  सकियो भने त्यहाका जनताले सुखका सास फेर्न सकिन्थ्यो ।
   

मल्कबाङवासीवीच फेरी यी राजनैतिक नेताहरुले सपनाका महल बनाउन आइरहेका छन् । यो समयलाई मल्कबाङवासीहरुले राजनैतिक दलहरुसँग फाइदा उठाएर दुर्गम गाउसम्म राज्यको उपस्थितिलाई सहज बनाउने वेला आइसकेकोले सबै एकजुट भएर प्राकृतिक धनी मल्कबाङबासीहरु अघि बढ्नुपर्छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS