Home » » मल्कबाङका लागि अतुलनिय योगदान गर्नुपर्छ

मल्कबाङका लागि अतुलनिय योगदान गर्नुपर्छ

Written By Unknown on Saturday, November 29, 2014 | 7:14 PM

शासकिय प्रणालीको लापरवाही र हालीमुली गर्नेहरुको घेरामा बसेर सञ्चालकहरुले विश्वको सुन्दर देश नेपाललाई कुरुप र कलङ्क बनायो र बनाइरहेका छन् । हामी बीच स्वर्ग संग तुलना गरेर जीउने प्राकृतिक भू-बनावट यहाँ प्रचुर मात्रमा छ । विविध सम्पदालाई चिनेर पनि भोग चलन गर्न नखोज्ने यी शासक वर्गलाई हामी सुन्दर मनोरम ठाउमा जन्मेर केही गर्नुपर्छ भन्नेहरुले एउटा नयाँ सोच, मार्गदर्शन बनाउनु आजको आवश्यकता हो । तर हाम्रो नेपाली भू-भागमा आदिमकाल देखि बसिआएका विभिन्न जातिहरुको आ-आफ्नै सहिष्णुता, बिचार हुँदा-हुदै पनि शासक वर्गले विकासको बाटोमा काँडेतार बिछ्याएपछि हामीले खोजेको सुन्दरता कहाँ पाइन्छ ?

यो पंक्तिकारले सँधै आवाज उठाउने विषय के हो भने ती प्राकृतिक सम्पत्तिलाई हरेक तहतप्काबाट बस्ने जातिहरुले उठाउनु नै पर्छ । हामी अहिले घरमा सुनको दुल्ला राखेर प्रदेशमा ढुंगाको दुल्ला खोज्ने तमाम यूव़ा-युवतीले यो गहन बिषयलाई जुन ठाउबाट उठान गर्नु पर्ने हो । तर त्यो कँही कतैबाट हुन नसकेपछि सुन्दर देशलाई उर्जा दिने युवाशक्तिहरु पराईको अधिनमा बसेर जवानी सकाउने बाहेक अरु काम राज्यबाट गर्न सकेको छैन । र, भौगोलीक सम्पदाको बखान गरेर मात्र दिन र हामी जनताको गुजहरा चल्दैन ।

माथि उल्लेखित पंक्ति जस्तै वर्तमान देशको परिस्थितिले देशमा बसोवास गरिआएका  आदिवासी जनजातिको  अल्पसंख्यक जातिको सूचीमा रहेको छन्त्याल जातिको उद्गम थलो हो म्याग्दी जिल्लाको मल्कबाङ गाउँ । यो गाउँ विकासमा बसोवास गरिआएका आदिवासी जनजाती तथा गैर जनजातिहरुले आफ्नो गाउँठाउको मनोरम सुन्दरता माथि राज्यको तर्फबाट कृतिम विकासका बाटो नहेरेको होइनन् । विकासको बाटोमा राज्य व्यवस्थाको आँखा नलागेपछि ती ठाउँबाट अवसर खोजेर  पलायन भएका सयौं युवा-युवतीहरु छन् ।

समयानुकुल संगै बद्लिदो यो गाउँ समाजका पलायन युवाशक्तिहरुले संसारको जुनसुकै कुनामा पुगेपनि अहिले आफ्नो जन्मथलोलाई आर्थिक, नैतिक र भौतिक सहयोग गरिरहेको छ र गर्दै छन् । जुन सहयोग, सदभाव आफ्नो गाउँ प्रतिको अदम्य माया-ममताले हो भन्नु पर्छ । साथै, यस्तै पलायन युवाशक्तिको सहयोगको हिम्मतलाई कदर र सम्मान संगै राज्य व्यवस्थाले गर्नु पर्ने जिम्मेवारी बहन गरेको भए साहेत नयाँ-नया पिंडीले त्यही ठाउँबाट पलायन हुनु पर्ने थिएन ।

यी गाउँ विकासमा बसोवास गर्ने अधिकांस आदिवासी जनजाती छन् । संगै अन्य जातिहरु पनि छन् । यी जातिहरुका आ-आफ्नै विशेषता र संस्कार छन् । यो विशेषता र संस्कार नै सारा नेपालीहरुमा गहन वस्तुको रुपमा अवल दर्जामा रहीआएको कुरा सबैलाई जगजाहेर नै छ ।

अन्त्यमा, अगामी अंकमा यी गाउँठाउको नयाँ विषय र सत्य तथ्य उजागर गराउने उद्देश्यका साथ यो पंक्तिकार ओजेलमा पर्न चाहन्छु ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS