Home » » भौगोलिक धरोहर मल्कबाङ गाउँ

भौगोलिक धरोहर मल्कबाङ गाउँ

Written By Unknown on Saturday, November 29, 2014 | 7:13 PM

सुन्दर नेपालमा हजारौ प्राकृतिक सम्पदाहरु रहेका छन । त्यसैको उपज हो स्वर्गरुपी नेपालमा नेपाली गाउँघर अनि शहरबजार, भौगोलिक दृष्टिमा हिमाल, तराई र पहाड l यहाँ अनेकन संस्कृतिहरु पनि रहेका छन् । यी संस्कृतिलाई जगेर्ना गर्ने सयौ जातिमध्ये हामी छन्त्याल पनि एक हौ ।

वास्तवमा नेपालका विभिन्न जात-जातिको पहिचानले नेपाली संस्कृतिलाई विश्व बजारमा " संस्कृतिक रुपमा धनि हामी नेपाली" भन्दा फरक नपर्ला । नेपालभित्रको भौगोलिक प्रारूप ३ भागमा रहेतापनि तीनै भागको महत्त्व बराबर रहेको छ । यी ३ भागमध्ये पहाडी भागको धौलागिरी अञ्चल म्याग्दी जिल्लाको मल्कबाङ पनि एउटा नमुना गाउँ हो ।


 मल्कबांग गाउँ जहाँ प्राकृतिक सौन्दर्यता मात्र होइन l एतिहासिक रुपले पनि निकै महत्व रहेको छ l संसारका अग्लो हिम शृंखलाहरुमध्ये पर्ने धौलागिरी हिमालको काखैमा रहेको मल्कबांग गाउँ भौगोलिक प्रारुपमा विकट र पहाडी क्षेत्रमा अवस्थित भएपनि प्राकृतिक सुन्दरताबाट टाढा छैन l प्राकृतिक सौन्दर्यता, जडीबुडीका साथै कला र संस्कृतिले पनि निकै धनी रहेको छ मल्कबांग गाउँ l

प्राकृतिक सम्भावनाको प्रचुर मात्रामा सम्भवन रहेपनि त्यसको उचित सदुपर्योग हुन सकेको छैन l यी भौगोलिक सुन्दरताको बिचबाट आफ्नो गाउँ-ठाउलाई छोडेर बसाई सर्नेहरुको लर्को छ l राज्यको सौतिनी व्यवहार, विकासको पूर्वाधार नबन्नु र हरेक चिजको अभावले बसाई सर्नुको मुख्य कारण बनेको हो l समुद्री सतहबाट ५०० मिटरको उचाईमा रहेको करिव १ सय १५ घरधुरीको मल्कबांग गाउँ पुरानो रहनसहन, मौलिक भाषा र संस्कृतिलाई जोगाई राखेका छन् l गाउँमा हुलाक, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय र टेलिफोन रहेको छ l

यस गाउँमा छन्त्याल, थकाली, कामी, दमाई आदिको विशेष बसोबास रहेको छ l बढी मात्रामा छन्त्याल बाहुल्यता रहेको पाइन्छ l कृषी पेशा र बाबु बाजेले गरेको कामबाट गुजारा नहुनको कारण यहाँका धेरै युवाहरु विदेश पलायन भएका छन् l कोदो, मकै, आलु, धान, जौ, गहुँ आदि यहाँको मुख्य उत्पादन हुन् l पुरुषको जनसंख्या ५५ प्रतिशत र महिला ४५ प्रतिशत रहेको छ l यहाँ विशेषगरी चार्डपर्व वा विभिन्न मेलामा स्थानीय भाकामा गाउने यानीमाया र शिरफुले गीतहरु लोकप्रिय छन् l स्थानीय परम्परागत हस्तकलामा भेडाको ऊनबाट बुनेका बख्खु, राडी पाखी साथै निगालोको चोयाबाट बुनेका थुन्चे, भकारी, डोको, डाला लगायतका हस्तकला सामग्रीहरुले यो गाउँको ठुलो महत्व बढाएको छ l

 आम मल्कबांगबासी युवाहरुको सामुहिक प्रयासमा बनाइएको "फेशबुक ग्रुप" मार्फत स्वदेश तथा विदेशको विभिन्न समाचार, घटना तथा सत्यतथ्य जानकारीहरु राख्नुका साथै सामाजिक छलफल बिषय बस्तुलाई एउटा बहसको रुपमा पनि राखिआएका छौं l हामीहरुको सामुहिक प्रयास भनेकै गाउँको लागि केही गर्नु पर्छ भन्ने हो l बिगत सन् २००७ मा युकेमा कार्यरत रहेका मल्कबांगबासीहरुले सञ्चारको पहुँचलाई सरल बनोस् भन्ने हेतुका साथ ४४ हजार रुपयाँ आर्थिक सहयोग गरेका थिए l त्यस्तै अरु देश /ठाउँहरुबाट पनि आफ्नो गाउँको लागि आर्थिक सहयोग हुदैआएको तथ्य हामी संग जिउदैछ l

आउँदो दिनहरुमा पनि यी निरन्तर रुप चलिएको यो प्रक्रियालाई अझै सशक्त बनाउनु हामी सबैको गहन जिम्मेवारी हो l विगतका हाम्रा यवात् कमजोरी र उल्लेखनिय बिषय वस्तुलाई पनि हामी आत्मसात गर्नु हाम्रो लागि उपयुक्त हुनसक्छ l साथै, यस साइतको लागि तपाई संग समाचार, विचार र लेख रचनाहरु छन्  भने हाम्रो  E-mail: malkabangkhani@gmail.com मा पठाउनु हुन अनुरोध गरिन्छ ।


हामी मल्कबांगबासी पक्कै पनि एउटा यथास्थितिबाट माथि उठेर अगाडी बढ्नु पर्छ l जबसम्म हामी यथास्थितिलाई चिर्न सक्दैनौ, तवसम्म हाम्रो समाज अगाडी बढ्नलाई हरेक चुनौतीले प्रभाव पारिरहने छ l हामी सबैले सानो सहयोगलाई महान सम्झेर अगाडी बढ्न सक्यौ भने हामी बिचमा उठिएका ठुला-ठुला पहाड जस्ता समस्यालाई निर्मुल पार्न सक्छौ l

यस्तै निर्मुल अभियानलाई दुनियाँको जुनसुकै ठाउँमा रहेपनि सहभागी भएर यी वर्तमान यथास्थितिबाट गुज्रीरहेको हाम्रो समाज बनाउनु तपाई, हाम्रो दायित्व हो l यो साईतमा बिचारको बहस र सामुहिक छलफल समय-समयमा भईरहनु पर्छ, यो नै हाम्रो गाउँप्रतिको माया र सदभाव हो l


0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS