Home » » तस्बीर तिमीले बोकेको मेरो संसार

तस्बीर तिमीले बोकेको मेरो संसार

Written By Unknown on Saturday, November 29, 2014 | 7:11 PM

"तस्वीर आफै बोल्छ" भने झैं यी तस्वीरलाई नियालेर हेर्दा अतितका क्षणले मलाई  डाँहा गराउछ l मैले आत्मिय माया लगाएको ती बस्ती र मल्कबाङबासी जनतासंग यो तस्वीरले मलाई फेरी विगतलाई घोत्लिएर हेर्न मन लगायो l हामी मानव जातिले एक पछि एक अग्रगामी बाटो रोजिरहेका हुन्छौं l यही क्रममा सम्झानारुपी यी तस्बीरलाई समय-समय हेर्दा आनन्दले सिमा पार गर्छ l र, यस तस्बीरले पनि मलाई दशकौ वर्ष पछि पनि कता-कता कल्पनाको दुनियाबाट यथार्थमा ल्याइदिएको छ l यी तस्वीरबाट भुल्नै नहुने कुरा के छ भने ? हामी छन्त्याल जातिको रितिरिवाजमा गरिने यसप्रकारको छेवर चलनलाई चित्रण गरेको छ l        

छन्त्याल समुदायमा ३ देखि ७ वर्षको अवधिमा यस्ता संस्कृतिक चलन आजपनि जीवित नै छ l छेवरलाई नेपाली समुदायमा आ-आफ्नै विधि र परम्परागत ढंगले मनाउने गर्छ  l जसरी संस्कारलाई मानेपनि हामी नेपाली समुदायमा यसको ठुलो महत्व छ l परपुर्वकाल देखि मनाउदै आएको यस महत्वपूर्ण रितिलाई भावी सन्ताती सम्म जगेर्ना गर्नु हामी सबैको कर्तव्य हो l

हाम्रो समाजमा रहिआएको विविध संस्कृतिहरुलाई हामी बिचमा महत्व मात्र नभई मानविय दृष्टिकोणले पनि उत्तिकै उपयोगी हुने भएकोले समुदायले यसको संरक्षण गर्न अति आवश्यकता छ l साथै, यी तस्वीरमा देखिएका कतिपय व्यक्तिहरु परमलोक पुगिसकेका छन भने अन्यहरु आ-आफ्नो कर्मथलो बनाईरहेका छन् l तस्वीरले काल्पनिक संसारको सुन्दर त्यो गाउँमा एकपटक पुर्याईदिएको छ l यसका लागि धन्य छ, तस्वीर तिमीलाई l


0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS