प्राकृतिक सुन्दरता भित्र हुर्किएका म, आज जति टाढा भौतिक रुपमा हुन्छु त्यति नै सम्झनाका दोवहरुले पाई-पाइमा घोचिरहेको हुन्छ l मेरो गाउँ मल्कबाङ कृतिम विकासको जति अभाव भएपनि त्यहाका प्राकृतिक सुन्दरताले मनोरम र लोभ्याईरहेको हुन्छ l ती सुन्दरता मेरो बस्तीको झुपडी भित्र हुर्किएका सयौं म जस्ता युवा-युवती वाध्यताले कर्म थलो बनाउन देश-प्रदेशमा रहीआएका छन् l
ती गाउँको सुन्दरताले न रुप फेर्छ, न त अहिलेको आधुनिकतालाई अंगालेर फस्रो क्रिम पाउडर नै लगाउछन् l जे-भएपनि स्थिर सुन्दरतालाई संधै देखाईरहेका यी मेरो गाउँमा कृतिम विकासको अभाव अझै रहिआएको छ l म भन्न चाहन्छु ' ती सुन्दरता भित्र लुकिएका हजारौ मोतिहरुलाई निकाल्ने कोसिस सम्वन्धित निकाय र व्यक्तिहरुले गर्न सकिएको भए ती मोतिबाट आयत गरिएका रकमले स्थानिय जनजीवन सुखी सम्पन्न हुन्थ्यो l यी मोतिरहित ती प्राकृतिक सौन्दर्य भएका मेरो मल्कबाङलाई भविष्यको पर्यटकिय उद्गम थलो होस् भन्न चाहन्छु l
0 : बिचार र सुझाबहरु:
Post a Comment