Home » » फेरी मेरै कुरा लेख्न मन लाग्यो : भविन्द्र छन्त्याल

फेरी मेरै कुरा लेख्न मन लाग्यो : भविन्द्र छन्त्याल

Written By Unknown on Saturday, November 29, 2014 | 7:07 PM

जीवनका अतितहरुलाई कोट्याएर तरङ्कित विछोडहरु मेटाएर पनि भुल्न नसकिदो  रहेछ l आज त्यही अतितलाई फेरी कोट्याउन वाध्यकारी छु l मनभरी थुपरेका जीवनका भोगाईहरुलाई विगतमा पनि लेख मार्फत नै राख्दै आएका थिए l फेरी ती भोगाईलाई दोहोर्याएर लेख्न मन लाग्यो l पाइला-पाइलाले कुल्चीएका सपनाको डोबहरु चाहेर पनि नमेट्दो रहेछ l

जीवनको प्रत्येक क्षणमा हरेक कुरा जित्नु पर्छ भनेर सपनाको मैदानमा हामी मानिस लड्ने गर्छौं l तर, ती लडाई थोरैले मात्र जित्ने गर्छन् l यस्तै नियम संगत मैले पनि केही जितिएको, केही हारेको छु l जीत र हारको प्रतिफलसंगै जीतको दौरानमा आज म लम्किरहेको छु l

हरेक मानिसको आ-आफ्नै जीवनका इच्छा, चाहना हुने गर्छन् l त्यस्तै मेरो पनि इच्छाले नेपाली लोकसंगीत क्षेत्रलाई औपचारिक रुपमा रहेर हिड्न नसकेपनि अनौपचारिक रुपमै भएपनि पल-पल यो क्षण सम्म आइपुग्दा भावनाले बुझ्ने प्रेमभित्रका मिलन-बिछोडलाई संगीतसंगै मेरो स्वरलाई घोल्दै तपाईहरुसंग  फैल्याएको एल्बमको संख्या पनि दुइवटा भइसकेको रहेछ l

नचाहेरपनि प्रवासी भुमिसंग हरेक नेपलीहरुले पैठेजोरी गर्नु परेको बाध्य देशको राजनैतिक अस्थिरताले गरेको छ l यी पैठेजोरी मेरो लागि पनि लागु भयो र आज जुन प्रवासी भूमिमा हरेक चाहना आकांक्षालाई त्यागेर कर्मथलो बनाउन बाध्य छु l जे भएपनि यी कर्मथलो आष्ट्रेलियाले मलाई एउटा सच्चा, परिपक्का मानिस बनाउन सहयोग गरेको छ l
मैले संगीतसंग स्वर घोलेर तपाइको भावनालाई जित्न केही रचनाहरु तेस्रो पटक निकाल्ने कोसिसमा थिएँ, भनेर लेखेको थियो l आज त्यही बाटोलाई  निरन्तर बनाएर तपाईहरुले मेरो आवाज सुन्ने बाँध तोड्ने कोसिसमा छु, भन्न चाहन्छु l अव, प्रवासी कर्मथलोलाई केही समय थाँतिराखेर नेपाल फर्केपछि ती तपाईहरुको इच्छालाई पुर्याउने जमर्को सहित विस्वास दिलाउन चाहन्छु l

अन्त्यमा, मलाई माया गरेर अगाडी बढ्नलाई सल्लाह-सुझावले थप उर्जा बनाउने प्रतिक्षा सहित भोलिका दिनहरुमा तपाईहरुबाट निरन्तर सहयोगको आपेक्ष मैले राखेको छु l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS