Home » » कृषि विकासका लागि सरकारलाई दवाब

कृषि विकासका लागि सरकारलाई दवाब

Written By Admins on Sunday, February 20, 2011 | 11:56 PM

नेपालको भौगोलिक अवस्थालाई हेर्ने हो भने विश्वका २५% जनसंख्यालाई पुग्ने खाध्य पदार्थ (कृषि) हाम्रो देश नेपालमा उत्पादन हुन्छ l ८०%को हाराहारीमा नेपाली जनता कृषिमा निर्भर छन् l ति ८० % कृषिमा निर्भर नेपाली जनता प्राचिनकाल देखि गरीआएको विधिमा नै निर्भर छन् l यी ८०% जनताले गर्ने कृषिलाई व्यवहारिक, वैज्ञानिक उपकरणमा परिणात गराउन मात्र सके आम नेपाली जनता आफ्नो जीवन उपर्जनलाई सरल र सजिलो बन्ने थियो l देशमा नितान्त कृषिलाई सबैबाट अपहेलन, शहरीकरण र विदेश पलायनले कृषि उत्पादन घट्दै गईरहेको छ l
राज्यको शैक्षिक पाठ्यक्रममा कृषिलाई ठुलो मुद्दा बनाएर शिक्षा दिन अझै पनि हिच्किच्याऊछन् भने अवको सन् २०५० सम्ममा विश्वभरी भोगमारी र खाध्य बस्तुको संकटले मान्छे-मान्छेको काटमार हुनसक्ने सम्भावना वैज्ञानिकहरुले व्यक्त गरिसकेका छन् l
जवसम्म नेपालमा पनि कृषिलाई जोडदारका साथ राष्ट्रिय मुद्दाको रुपमा लिएर जादैन तवसम्म देशले ठुलो चुनौती व्यहोर्नु पर्नेछ l
आज नेपाली जनताले आफ्नै देशमा उत्पादन हुने खाध्य-वस्तु इन्डियालाई बेचेर इन्डियाको गाई-बस्तुलाई दिने खाध्य वस्तु नेपालमा ल्याएर नेपाली बजारमा महंगीमा किन्नु परेको छ l आज खाध्य-बस्तुको अभाबले २०% नेपाली जनता भोगमारीको चपेटामा फसिरहेका छन् l यही क्रममा निरन्तर रुपमा वढ्ने र राज्यले अझै ध्यान नदिएर देशको निर्भरमा नेपाली जनतालाई पाल्ने हो भने नेपालमा झन् भोगमारी, वेरोजगारीले राज्य ठुलो संकटमा फस्ने सम्भावना छ l त्यसैले हामी जस्ता चेतनशील नेपाली जनताले आजै देखि कृषिलाई प्राथमिकताका साथ अगाडी बढाउनु र अन्य विविध बिषयलाई सम्हाल्दै अगाडी लैजानु नै भोलीका दिनको जटिल समस्यालाई समाधान गर्नु हो जस्तो लाग्छ l
र, तमाम हामी नेपाली जनताले कृषिका लागि आवश्यक शिक्षा, उपकरण र अन्य किसिमका अभाब सामग्रीहरुको मुल्यांकन गर्दै राज्यलाई दवाव मुलक कार्यमा पनि ध्यान दिनु पर्छ जस्तो लाग्छ l
हामी सबैले आफ्नै देशमा उत्पादन हुने कृषिलाई प्राथमिकताका साथ व्यवहारीकरण बनाउनु नै हाम्रो ठुलो कार्य हुनेछ l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS