Home » » नेपाली कामदारलाई छिटो भन्दा छिटो नेपाल ल्याओस ।

नेपाली कामदारलाई छिटो भन्दा छिटो नेपाल ल्याओस ।

Written By Admins on Monday, February 28, 2011 | 4:49 AM

अनुमनित १६०० हाराहारिमा रोजगारीको लागि अफ्रीका अन्तर्गत पर्ने लिबियामा नेपालीहरु कार्यरत छन् l प्रजातान्त्रिक आन्दोलनका कारण लिबियाभरी आप्रबासी कामदारहरु बिचल्लीमा परेको खबर तपाई हामी बीच सुन्दै आएको छ l

नेपालीहरु इजिप्टहुदै आज सम्म ५६२ को संख्यामा नेपाल आइपुगेको कुरा समाचारले बताएको छ l र यो क्रम अझै  जारी नै छ l २०११ को पुर्वसन्ध्यमा विश्वभरी प्रजातान्त्रिक आन्दोलनको लहर चलेको छ l त्यसै क्रममा इजिप्ट,लिबिया, बहरायन, ओमन र चीनमा समेत यसको प्रभाव परिसकेको छ l

लिबियामा प्रजातान्त्रिक आन्दोलनका कारण हजारौ नेपाली आज  दु:खको भुमरीमा फसेका छन l अर्को कुरा राष्ट्रसंघ महासभाको बैठकले लिबियाका शासकलाई आर्थिक/ नैतिक रुपमा नाकाबन्दी लगाउने प्रस्ताव समेत पारित भईसकेको छ l यी महासभाको निर्णयले प्रजातान्त्रिक आन्दोलनका आगुवहरुलाई थप मनोवल थपेको छ l

नेपालीहरु अहिले आफ्नो सुरुक्षाका लागि इजिप्टको वोर्डर आउने क्रममा जारी छ l अन्य सम्पर्क विहिन नेपाली कामदारको खोजिकार्यको लागि नेपाल सरकार कुटनीतिक र मेनपावर व्यवसायी संघका प्रतिनिधिहरु इजिप्ट पुगिसकेका छन् l

विश्वमा झन्डै १०९ राष्ट्रमा नेपालीहरु कामदारको रुपमा पुगेका छन् l सवै देशहरुमा यसै प्रकारको आन्दोलन हुने हो भने हामी बिचमा भोली समस्या पक्कै आउन सक्छ l त्यसैले नेपाल सरकारले यस बिषयमा आवद्द मेनपाओर, व्यवसायी  संघले अन्तराष्ट्रिय रुपमा आकष्मिक कोषको खडा गर्नु पर्ने आजको अवस्था छ  l अनि मात्र जुन देशमा त्यस्ता खालका घटना हुन्छन तत्काल उद्दार  गर्न सकिन्छ l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS