विश्वभरी खोजिरहेका आतंकवादीका प्रमुख ओसामाविन लादेन गत सोमबार अमेरीकी सेनाको कारवाहीमा मारिएका छन् l विश्वभरी अलकायदा संगठानलाई व्यापक बनाउन सफल यी लादेनलाई अमेरीका आफैले आतंकवादी बनाएका हुन् l
तत्कालिन सोभियतसंघका सेनाहरुले अफगानिस्तानमा आक्रमण गर्दै थिए l त्यसवेला अमेरीकाको सहयोगमा हतियार सहित ओसामाविल लादेनलाई परिचालन गरियो l त्यही लादेनले २००१ सेप्टेम्बरमा अमेरीकाको विश्व व्यापार केन्द्र भवनलाई हवाई आक्रमण गर्यो l
यी आक्रमणबाट क्रुर भएका अमेरीका र युरोपियन राष्ट्र एका-एक अफगानिस्थान, इराक हुदै लिवियासम्म पुग्यो l दश वर्षको नेटो सैनिकको सफलता अहिले ओसमबिन लादेन मारे सकेपछी हुनु पर्छ l ओसमबिन लादेन मार्ने बित्तिकै आतंकवादीको अन्त्य भएको ठानेमा अमेरीका जस्ता देशले फेरी अर्को ठुलो क्षति व्यहोर्नु पर्छ l
साउदी अरबमा जन्मेको लादेन एक धनी र सम्पन्न परिवारमा उहाँको जन्म भएको थियो l वास्तविक रुपमा किन उनि आतंकवादी बने त ? भन्ने विषयमा सबैमा प्रश्न उब्जेको छ l
आतंकवादी पक्कै पनि रहरले बनेको होइन होला ? जव सोभियतसंघलाई परास्त गर्न लादेनलाई अमेरिकाले प्रयोग नगरेको भए साहेत लादेन एउटा व्यापारी या स्वच्छ व्यक्ति बन्थ्यो होला l तर जहाँसम्म अमेरीकाको हैकमवादलाई आफ्नै देशमा सहान नसकेर धार्मिक रुपमा आतंक मच्चाएको हुनुपर्छ l
अहिले संसारका जनतालाई शान्ति चाहिएको छ l शान्तिलाई खल्बल्याउने लादेनका संगठान अलकायदा र तालिबानले संसारभरि आफ्नो सन्जाल फैल्याएका थिए l लादेन भन्दा भयनक व्यक्ति उनि पछि धेरै छन् l अहिले लादेनको बदलामा विश्वभरि ठुला-ठुला घटना उनीहरुबाट हुनसक्छ l
त्यसकालागि सवै सतर्कता हुनु नै पर्छ l अहिले संसारभरि शंकाको घेरामा छन् l के वास्तविक लादेन मारिएका हो या होइनन ? भन्ने बिषयमा यत्र-तत्र फैलिएका छन् l अमेरिकाले ती सबै वास्तविकलाई बुझेर लादेन नै मारिएको हो भन्ने सत्य तथ्यलाई छिटै बाहिर ल्याउनु पर्छ l
Home »
» लादेन मारिएकै हुन् त ?
0 : बिचार र सुझाबहरु:
Post a Comment