Home » » ३ महिना भित्र संविधान जारी हुनु पर्यो !

३ महिना भित्र संविधान जारी हुनु पर्यो !

Written By Admins on Monday, May 30, 2011 | 6:16 AM

१४ जेष्ठका दिन फेरी ३ महिनाको लागि संविधान सभाको म्याद थपिएको छ l ३ बर्ष सम्म नबनेको संविधान ३ महिनाको अवधि थपेर नयाँ संविधान बन्छ भन्ने कुरा पनि आश्चर्यजनक कुरा हो l नेपालको राजनैतिक अस्थिरताले नयाँ संविधानमा  मात्र होइन सिङ्गो देश नेपाल प्रतिको विश्वास  र पहिचान घट्दै गइरहेको छ l माओबादीहरु आफ्नो हतियार र सेना नछोड्ने तर्फमा छन् भने एमाले-कांग्रेस भारतीय सासकको आडनमा डुलमुले बाटोमा हिड्न खोज्दैछन् l


शान्ति र नयाँ संविधान निर्माण गर्ने नाममा विदेशी संस्थाहरुले पैसाको  खोलो बगाएका छन् l अरबौको  बिदेशी रकमकै भरथेगमा जातीय, क्षेत्रीय तथा धार्मिक नारा जन्माइएका  हुन् भन्दा फरक नपर्ला l नत्र विदेशीले गरेको अरबौ रुपयाँ नेपाली जनताले देख्ने गरी कुन प्रयोजनमा खर्च भएको छ त ? लोकतन्त्रवादीहरु सहजै उत्तर दिन्छन  कि लोकतन्त्रलाई संस्थागत गर्नका लागि खर्च भयो l वास्तवमा दलहरुले नेपालीजनताको मुक्तिका लागि भन्दै विदेशी शक्तिको तथा राज्यकोषको खरबौ रुपयाँ माथि रजाई गरिरहेको बारेमा केही  जानकारी पाएका छैनन् l

मुलुकमा अस्तित्वमा रहेका मूल राजनीतिक दल, टुक्रा टाक्रे दलहरु, क्षेत्रीय तथा विखन्डनवादी दलहरु सबैले नेपाल राष्ट्रकै नाम भजाएर लुटिरहेका छन् l वौद्दिक वर्ग मानिने कठित शिक्षित समुदाय अझै पनि दलका लठैत नेताहरुकै पछि कुदी रहन्छन धिक्कार छ त्यस्तो समुदायलाई जो मातृभूमिमाथि बलात्कार गर्नेको पक्षमा लविंग गरिरहेको छ l बुद्दिजिबीको बिल्ला भिरेर गवार  व्यक्तिहरुलाई राजनीतिमा उदय गराउने त्यस्ता व्यक्तिहरुको कठित नेताहरु सहित एकै चिहान नबनाए सम्म यो मुलुकमाथि मात्रीघात गर्नेहरुले यसरी नै रजाई गरी रहने छन् l  

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS