Home » » नेपाली राजनैतिकज्ञहरु गम्भीर हुनु पर्यो l

नेपाली राजनैतिकज्ञहरु गम्भीर हुनु पर्यो l

Written By Admins on Thursday, May 26, 2011 | 5:49 AM

आज देखि झन्डै २४ घन्टाको दौरानमा नेपाली जनताको सपना नयाँ संविधानको घोषणा गर्नु पर्थ्यो l तर राजनैतिक खिचातानीले गर्दा नेपाली जनतालाई निरास तुल्याउदै संविधान सभाको सिमा अवधि थपिएको छ l नेपाली जनतालाई फेरी पनि झुक्याउदै अधिकारको सम्पूर्ण अंगलाई बन्द गर्दै नेताहरुले नेपाली जनताको मूल्य र बलिदानलाई छिनमै बिर्सिएका छन् l


हिजोका दिनमा लोकतान्त्रिक आन्दोलनमा जनताले ज्यानको बाजी राखेर संघर्षको मैदानमा उत्रिएका थिए l तर यति कुराहरु हाम्रा राजनेताहरु बीच सपष्ट हुदा हुदै पनि आज नेपाली जनताको मनलाई दुखाएर संविधान सभाको तिथि-मिति थपेकोमा दु:खित छौ l 

२४० वर्षको निरंकुस राज्यव्यवस्था विरूद बन्दुक र गोलीको बीचबाट ल्याइएको एउटा लोकतन्त्र आज सर्वत्र रुपमा धरासायीमा  फसेको छ l त्यसैले नेपाली जनताको सपनालाई मिति थपेर मात्र राजनैतिक नेताहरु देशलाई वर्वादी बनाउन चाहन्छ भने खबदार ! फेरिपनि नेपाली जनताले आफ्नो ज्यानलाई त्यागेर भएपनि लोकतन्त्रको जगेर्ना गर्न पछि पर्ने छैन l
सम्पूर्ण राजनैतिक नेतृत्वहरुलाई म के भन्न चाहन्छु भने छिटो भन्दा छिटो जनताको अधिकार सहितको नया संविधानको निर्माण बाहेक हामी जनतामा अरु स्वार्थी लुकेको छैन l त्यसैले अर्को सालमा पनि यस्तै किसिमको लुछातानीमै संविधान बन्दैन भने के गर्ने ?

आज एकातिर क्षेत्री समाजले नेपाल बन्द गर्दै आएको छ भने अर्को तिर जनजातिहरुले पनि नेपाल बन्द गरिरहेका छन् l यही प्रक्रियामा नेपाल चल्ने हो भने भोलिका दिनमा जातिय द्दन्दको रुपमा देश अगाडी बढ्छ l त्यसैले यी कुरालाई मध्यनजर गर्दै नेपाली राजनैतिकज्ञहरुले सोचेर अगाडी बढ्नु र नयाँ संविधानलाई जारी गर्नु नै जनताको सपना पुरा हुनु हो l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS