Home » » खगेन्द्र थापा मगरले नेपाललाई विश्वमा थप चिनारी गराएका छन् l

खगेन्द्र थापा मगरले नेपाललाई विश्वमा थप चिनारी गराएका छन् l

Written By Admins on Tuesday, May 24, 2011 | 7:55 AM

सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा विश्वकै सबैभन्दा होचा व्यक्तिको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल श्री खगेन्द्र थापा मगरले नेपाललाई विश्वमा थप चिनारी गराएका छन l यो कुरा हामी सबै नेपालीको गर्वको बिषय पनि हो l यसै कुरालाई मध्य नजर गर्दै पर्यटन वर्ष २०११ को सचिवलयले श्री खगेन्द्र थापा मगरलाई सदभावना राजदुतमा नियुक्त गरेको कुरा हामी सबैलाई सर्वविदितै छ l



सोही सन्दर्भमा लामो समयदेखि राष्ट्रसेवामा कार्यरत शिखर नेपालले तिनै खगेन्द्र थापा मगरको जीवनीमा आधारित सगरमाथाको प्रतिविम्ब नामक वृत्तचित्र निर्माण गरेको कुरा सहर्ष जानकारी गराउदै थुप्रै प्रवासी नेपालीहरु रहेको मलेशियामा उक्त वृत्तचित्र प्रदर्शनमा राजदुत डा. ऋषिरामज्युको प्रमुख आतिथ्यमा गत हप्ता कुलालुम्पुर स्थित वृहत कार्यक्रम भएको थियो l

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS