१३ घण्टा संचालन भएको प्रथम नेप्जुम रनिंग कप भलिबल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलले तमु समाज पोर्तुगललाई पछाडी पार्दै युरोपमै पहिलोपटक रनिंग कप जित्न सफल भएको छ l
इश्टेफानियाको भलिबल हलमा चार सय दर्शकहरुको समर्थन र हुटिंगकाबीच सम्पन्न अति प्रतिष्पर्धात्मक खेलमा मोनाले तमु समाजलाई १ का विरुद्द ३ सेटको अन्तरले हराउन सफल भएको हो l
खेल अवधिभर अनुशासित र अति उत्कृष्ट खेल प्रदर्शन गरेवापत मोनाका खेलाडी डम्बर सिंहलाई 'म्यान अफ द म्याच' को घोषणा गरिएको थियो l पुरस्कार वितरण समारोहमा टिम क्याप्टेन, अतिथिति र रेफ्रीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो l
७ समूहको सहभागिता रहेको प्रतियोगितामा छिमेकी देशका खेलाडीहरु पनि समेटिएका थिए l मोनाका समुहबाट राम प्रसाद पुन (कुहुँ, म्याग्दी) भगवान शाही (राखु, म्याग्दी) डम्बर सिंह (शिख, म्याग्दी) अस्बिन शाही (दरबांग, म्याग्दी) रमेश भण्डारी (मुना म्याग्दी) लक्ष्मण पुन (शिख, म्याग्दी) राम्जी भण्डारी (राखु, म्याग्दी) मदन कँडेल (बाबिचौर, म्याग्दी) र सुरज भट्टचन म्याग्दी हुनुहुन्थ्यो l दोस्रो स्थान प्राप्त गर्ने तमु समाज पोर्तुगलको समुहका खेलाडीहरुमा गंगा प्रसाद गुरुङ (कास्की) चित्रप्रसाद गौचन (बाग्लुंग) सन्जीब बस्याल (पर्वत) रोशन गुरुङ (कास्की) प्रकाश खड्का (तनहुँ) काजा गुरुङ (कास्की) सुरेश गुरुङ (पर्वत) र बुद्दी गुरुङ कास्की रहनुभएको थियो l
यो भन्दा पहिले एनआरएन र मोनाले भलिबल प्रतियोगिताको आयोजना गर्दै आएकोमा यसपटक पहिलोपटक क्लबले आयोजना गरेको हो l अध्यक्ष्य कविन सेनका अनुसार क्लबले अबका वर्षहरुमा लगातार प्रतियोगिताको आयोजना गर्नेछ l
Home »
» मोनाले भलिबल रनिंग कप जित्यो पोर्तुगलमा !
0 : बिचार र सुझाबहरु:
Post a Comment