Home » » आप्रवासी श्रमिकहरुको आजको आवश्यकता !

आप्रवासी श्रमिकहरुको आजको आवश्यकता !

Written By Admins on Monday, July 11, 2011 | 6:40 AM

आप्रवासी श्रमिकहरुको न्यनतम मानव अधिकार, समाजिक सुरक्षा, राजनीतिक अधिकार, उचित पारिश्रमिक, स्वास्थ्य तथा बिमा, आवाज, आश्रित परिवारको शिक्षा, सामजिक आत्मसम्मान, बेरोजगार भत्ता, बिदा स्वतन्त्र आवतजावतलगायत अधिकार सुबिधाका बारेमा आम प्रवासी श्रमिकहरुको आवाज संगठितरुपमा मुखरित हुन नसकेको आजको यथार्थ हो l 


राज्यले नागरिकका न्युनतम आवश्यकता पुरा गर्न नसकेपछि मुख्यत: बेरोजगार, गरीब नेपाली युवाहरु विकल्पको रुपमा बैदेशिक रोजगारतर्फ लाग्न बाध्य छन् l अर्कोतर्फ राज्य प्रत्यक्ष, अप्रत्यक्ष रुपमा युवाहरुलाई बैदेशिक रोजगारीमा पठाउन नीतिगत रुपमा नै लागिपरेको देखिन्छ l आज विश्व डायास्पोरामा ९० लाख नेपाली आप्रवासी श्रमिकहरु कार्यरत छन् l करिव १ करोडको हाराहारीमा नेपालीहरु देशबाहिर रहेका छन् l

बैदेशिक रोजगारीलाई विकल्पहीन गन्तव्य बनाईदै लागिएको छ l अव्यवस्थित र असुरक्षित बैदेशिक रोजगारीबाट उत्पन्न श्रमिकहरुका कहालीलाग्दो समस्याहरुप्रति राज्य उदासिन छ l मानव श्रम निर्यात गरेर उनीहरुको कमाईबाट राज्य चलाउन उध्त शासकहरुले श्रमिकसंगै न्युनतम रुपमा श्रमिकले प्राप्त गरेका राष्ट्रिय-अन्तराष्ट्रिय कानुनी अधिकार र मान्यताहरुप्रति प्रतिबद्द देखिदैनन् l सरकारले अनुमोदन गरेका अधिकांश श्रम तथा मानव अधिकारसंग सम्बन्धित अन्तराष्ट्रिय कानुन, सन्धी-अभिसन्धीहरुलाई अनुमोदन गरिएतापनि त्यसको इमान्दारीपुर्वक पालना गरेको पाईदैन l कामदार पठाउने सम्पूर्ण जिम्मेवारी निजि क्षेत्रलाई दिएर सरकार आफु भने दायित्वबाट पन्छिने नीति अख्तियार गर्दैछ l श्रम नियार्त गर्ने र आप्रवासी/नागरिकहरु प्रतिको दायित्वबाट पन्छिने सरकारको गैरजिम्मेवार व्यवहारप्रति औला ठड्याउन जरुरी छ l
 

बेरोजगारी मारबाट आक्रान्त नेपाली युवाहरु केवल रोजगारीको विकल्पमा बैदेशिक रोजगारीप्रति आकर्षित हुन्छन l तर त्यस क्षेत्रका चुनौती र समस्याहरुप्रति सचेत भएको भने पाइएको छैन l यसको मुल कारण उनीहरु आफैबीच बलियो एकता र जिम्मेवार संगठनको अभाव छ l राज्यका सबै अंगलाई जिम्मेवार बनाउन पनि त्यतिकै आवश्यक छ l

राज्यको अर्थतन्त्रका एक प्रमुख धरोहरको रुपमा ठुलो संख्यामा रहेका आप्रवासीहरुमाथि स्वदेश तथा बिदेशमा हुदै आएको ठगी, शोषण, विभेद, हत्या, हिंसा असुरक्षा, अपराधीकरण अन्त्य गर्न राज्यको पहिलो कर्तव्य हो l राज्यलाई जिम्मेवार बनाउन प्रमुख स्टेक होल्डरका रुपमा रहेका प्रमुख राजनीतिक दलहरुको आप्रवासीप्रतिको उदासिनता अर्को प्रमुख कारण हो l विदेशमा असंगठित, जोखिमपूर्ण काम, कठिन र तल्लोस्तरको काम एवं सस्तो श्रम बेच्न बाध्य श्रमिकहरुको पक्षमा बोल्न नसक्ने निरिह जस्तै देखिएका राजनीतिक दलहरुप्रति आप्रवासीहरुले थप अपेक्षा गर्नुको पनि कुनै अर्थ रहन्न l                                

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS