Home » » सुडान घोटालामा पूर्व आईजीपी ठकुरी जेल चलान

सुडान घोटालामा पूर्व आईजीपी ठकुरी जेल चलान

Written By Admins on Tuesday, July 19, 2011 | 5:48 PM

३ साउन, काठमाडौं । सुडान घोटालामा मुछिएका तत्कालिन प्रहरी महानिरीक्षक -आईजीपी) रमेशचन्द ठकुरी जेल चलान भएका छन् ।

विशेष अदालतले थुनछेक बहसपछि मागेको ७ करोड धरौटी बुझाउन नसकेपछि ठकुरीलाई मंगलबार नै सदर कारागार डिल्लीबजार चलान गरिएको हो ।

अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले प्रमाण बुझ्दै जाँदा पछि ठहर बमोजिम हुने गरी ७ करोड धरौटी मागेको हो । गत १३ असारमा म्याद तामेलीको पत्र बुझेका ठकुरी मंगलबार विहान अदालतमा हाजिर भएका थिए ।


सुडान घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाउने तयारी गरेपछि सरकारले ठकुरीलाई प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।

सोही प्रकरणमा मुछिएका पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङलाई बिहीबारदेखि ५ करोड बुझाउन नसक्दा सदर कारागार डिल्लीबजार छन् भने निलम्बित अतिरिक्त महानिरीक्षक दीपेन्द्रबहादुर बिष्ट १ करोड, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खड्का ७० लाख र नायव उपरीक्षक दिनेश केसी ३५ लाख धरौटीमा छुटेका छन् ।

सुडानको डार्फरमा शान्ति स्थापनार्थ खटिएको नेपाल प्रहरीका लागि आवश्यक बख्तरबन्द गाडी खरिद गर्ने क्रममा झण्डै २९ करोड रकम भ्रष्टाचार भएको ठहरसहित अख्तियारले गत २४ जेठमा विशेष अदालतमा ३६ जनाविरुद्ध मुद्धा दायर गरेको थियो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS