Home » » म्याग्दीमा टिमुर बगैँचा स्थापना

म्याग्दीमा टिमुर बगैँचा स्थापना

Written By Admins on Monday, August 15, 2011 | 1:06 AM

 म्याग्दी जिल्लाको घतान गाविस-३ तोरीपानीमा रहेको घोर्लास सामुदायिक वनमा टिमुरको बगैँचा स्थापना गरिएको छ । जिल्ला वन कार्यालय, म्याग्दी, घोर्लास सामुदायिक वन उपभोक्ता समूह, वृक्ष सुधार तथा वन विकास हात्तीसार काठमाडौं पहलमा जिल्लामै पहिलो पटक नर्सरी स्थापना गरिएको हो ।


समूहको तीन हेक्टर क्षेत्रफलमा टिमुरको बिरुवा उत्पादन गर्न बगैँचा स्थापना गरिएको छ । बगैंचाको सुरक्षणका लागि रु एक लाखको लगानीमा २०० मिटर लामो पर्खाल बनाइएको छ ।

टिमुरखेतीको व्यावसायिक विकासका लागि नर्सरी बगैंचा स्थापना गरिएको हो । सो कार्यका लागि कुल रु एक लाख ३३ हजार ५०० खर्च भएको छ ।


बगैंचामा दुई हजार ५०० टिमुरका बिरुवा रोपिएको छ । सो वनमा यसअघि पनि टिमुर रोपिएको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा टिमुरको माग बढेपछि उपभोक्ताले बगैँचा नै स्थापना गरेर व्यावसायिक टिमुरखेती गरेका हुन् । टिमुर नर्सरीमा बिरुवा रोप्ने कार्यक्रमको समूहका भूपू अध्यक्ष तिलकबहादुर चोखाल र वर्तमान अध्यक्ष प्रेमबहादुर खत्रीले उद्घाटन गर्नुभएको थियो ।

बगैँचा स्थापना गर्न त्यहाँका उपभोक्ताले सक्रियतापूर्वक सहयोग गरेका घोर्लास सामुदायिक वनका सचिव ईब गिरीले जानकारी दिनुभयो । सचिव गिरीका अनुसार जैविक विविधता, वातावरण संरक्षण र वन विस्तारमा सक्रिय समूहले रु एक लाख बराबरको गणेशमान पुरस्कारसमेत प्राप्त गरेको थियो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS