Home » » रि–मिक्स धमाका क्वालालम्पुरमा सम्पन्न !

रि–मिक्स धमाका क्वालालम्पुरमा सम्पन्न !

Written By Admins on Saturday, September 3, 2011 | 7:30 AM

क्वालालम्पुर, ०३ सेप्टेम्बर-  मुस्लिमहरुको महान चाड हरिरायको अवसर पारेर जिरो माईल एस.डि.एन. बि.एच.डी. द्धारा आयोजित रि–मिक्स धमाका – ३ क्वालालम्पुरस्थित  ०१  सेप्टेम्बरमा सम्पन्न भएको थियो । कार्यक्रममा क्वालालम्पुर तथा सेलाङ्गर आसपासमा रहेका नेपालीहरुको व्यापक रुपमा उपस्थिती रहेको थियो ।






नेपालबाट आमन्त्रित कलाकारहरुमा नायिका नन्दिता के.सी., पप तथा गायक प्रमोद खरेल, दोहोरी गायक गायिकाहरु पशुपति शर्मा र राधिका हमाल तथा मेरी बास्सै समूहका कलाकारहरुको बेजोड प्रस्तुती रहेको उक्त कार्यक्रमको आई.एम.ई., लगायत नेपाल टि.भि घर, न्यू नेशन मिनि मार्केट, लालीगुराँस रेष्टुरेण्ट, ईन्द्रे्णी रेष्टुरेण्ट, लालीगुराँस मोवाईल पसल लगायत ले प्रायोजन गरेका थिए ।

कार्यक्रममा गायक प्रमोद खरेलले आफ्ना ५ वटा गीत तथा गजलहरु गाएर उपस्थित दर्शकहरुलाई  मनोरञ्जन दिएका थिए भने नायिका नन्दिता के.सी.को नृत्यले दर्शकहरुलाई निकै तताएको थियो ।

कार्यक्रमको अन्त्यतिर मात्रै स्टेजमा आईपुगेको मेरी बास्सै समुहले भने ‘कुर्शी’ हास्य श्रृखलाको प्रहसन गरेको थियो । नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति व्यङग्यात्मक एवं सन्देशमुलक उक्त प्रहसनले ‘सबै राजनीतिक दलहरुले चाँडै सहमति गरि देशमा शान्ति तथा संविधान लागु गर्दै आम प्रवासमा छरिएर रहेका नेपाली श्रमिकहरुलाई स्वदेशमै रोजगारी एवं रोजीरोटीको बन्दोवस्त गर्नुपर्नेमा जोड दिएको थियो ।

कार्यक्रमको अन्त्यमा लोकदोहोरी गायक पशुपति शर्मा तथा गायिका राधिका हमालको प्रस्तुतीले पनि कार्यक्रमलाई अर्को रौनक थपेको थियो भने दर्शकहरुमध्ये गोलाप्रथाद्धारा छनौट भएकाहरुलाई आयोजक तथा प्रायोजकहरुद्धारा विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो ।

यसभन्दा अगाडी मलेसियाका अन्य शहरहरु पेनाङ्ग, मलक्का, जोहोर बारु, लगायतका ठाउँहरुमा कार्यक्रम सम्पन्न भईसकेपछि अन्तिमपल्ट क्वालालम्पुरमा प्रदर्शन भएको हो ।

नेपालबाट आमन्त्रित कलाकारहरुमा नायिका नन्दिता के.सी., पप तथा गायक प्रमोद खरेल, दोहोरी गायक गायिकाहरु पशुपति शर्मा र राधिका हमाल तथा मेरी बास्सै समूहका कलाकारहरुको बेजोड प्रस्तुती रहेको उक्त कार्यक्रमको आई.एम.ई., लगायत नेपाल टि.भि घर, न्यू नेशन मिनि मार्केट, लालीगुराँस रेष्टुरेण्ट, ईन्द्रे्णी रेष्टुरेण्ट, लालीगुराँस मोवाईल पसल लगायत ले प्रायोजन गरेका थिए ।

कार्यक्रममा गायक प्रमोद खरेलले आफ्ना ५ वटा गीत तथा गजलहरु गाएर उपस्थित दर्शकहरुलाई  मनोरञ्जन दिएका थिए भने नायिका नन्दिता के.सी.को नृत्यले दर्शकहरुलाई निकै तताएको थियो ।

कार्यक्रमको अन्त्यतिर मात्रै स्टेजमा आईपुगेको मेरी बास्सै समुहले भने ‘कुर्शी’ हास्य श्रृखलाको प्रहसन गरेको थियो । नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति व्यङग्यात्मक एवं सन्देशमुलक उक्त प्रहसनले ‘सबै राजनीतिक दलहरुले चाँडै सहमति गरि देशमा शान्ति तथा संविधान लागु गर्दै आम प्रवासमा छरिएर रहेका नेपाली श्रमिकहरुलाई स्वदेशमै रोजगारी एवं रोजीरोटीको बन्दोवस्त गर्नुपर्नेमा जोड दिएको थियो ।

कार्यक्रमको अन्त्यमा लोकदोहोरी गायक पशुपति शर्मा तथा गायिका राधिका हमालको प्रस्तुतीले पनि कार्यक्रमलाई अर्को रौनक थपेको थियो भने दर्शकहरुमध्ये गोलाप्रथाद्धारा छनौट भएकाहरुलाई आयोजक तथा प्रायोजकहरुद्धारा विभिन्न पुरस्कारहरु प्रदान गरिएको थियो ।

यसभन्दा अगाडी मलेसियाका अन्य शहरहरु पेनाङ्ग, मलक्का, जोहोर बारु, लगायतका ठाउँहरुमा कार्यक्रम सम्पन्न भईसकेपछि अन्तिमपल्ट क्वालालम्पुर मा प्रदर्शन भएको हो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS