Home » » प्रधान मन्त्रीलाई राष्ट्रपतिले भने, ‘सबैलाई सहमतिमा लिएर काम गर्नुस्’

प्रधान मन्त्रीलाई राष्ट्रपतिले भने, ‘सबैलाई सहमतिमा लिएर काम गर्नुस्’

Written By Admins on Sunday, September 18, 2011 | 12:40 AM

काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले सबै राजनीतिक दललाई सहमतिमा लिएर शान्ति र संविधान लेखनको कार्य सम्पन्न गर्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन्। मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे आफूलाई जानकारी दिन आएका प्रधानमन्त्रीलाई राष्ट्रपतिले सो आग्रह गरेका हुन्।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक मुलुकको पहिलो कार्यकारी प्रमुखको हैसियतमा भट्टराईले राज्य सञ्चालन संयन्त्र तथा जारी गतिविधिबारे जानकारी गराए।


प्रधानमन्त्रीले शान्ति प्रक्रियालाई टुङ्ग्याउने संविधानको मस्यौदा निर्धारित समयमै जारी गर्ने, सुशासन कायम गर्दै जनतालाई राहत दिने कार्यलाई प्रमुख प्राथमिकतामा राखेको जानकारी राष्ट्रपतिलाई गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले बताए।

विपक्षी दल र आफ्नै पार्टीबाट समेत व्यवधान खडा भएको अवस्थामा जनआकाङ्क्षा पूरा गर्न कठिन भएको गुनासो प्रधानमन्त्रीले व्यक्त गर्नुभएको यादवले उल्लेख गरे।
शान्ति र संविधान लेखनको कार्यलाई सँगसँगै अघि बढाउन आफू प्रतिबद्ध रहेको प्रधानमन्त्रीले दोहर्‍याएको सल्लाहकार यादवले जानकारी दिए।

प्रधानमन्त्री भट्टराईले संयुक्त राष्ट्रसङ्घको ६६ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि आफू त्यसतर्फ प्रस्थान गर्ने र असोज ९ गते स्वदेश फर्कने जानकारी राष्ट्रपतिलाई गराएका थिए ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS