घटस्थापनाका दिन आफ्नो घर-आँगन तथा पूजा कोठामा सरसफाई गरी नदी,तलाउ,पोखरी, कृण्ड वा पत्रिव स्थानबाट माटो ल्याएर पूजा कोठा अर्थात् दंशैंघरमा विधिपूर्वक दियो कलश र गणेशको पूजा गरी जौं, मकैलगायतका अन्न रोपेर जमरा राख्ने गरिन्छ ।
नेपाल पंञ्चाङ्ग निर्णायक समितिले आज बिहान १० बजेर २७ मिनेटमा घटस्थापनाका लागि उपयुक्त समय रहेको जनाएको छ । परम्पराअनुसार घटस्थापनाको दिन काठमांडौंको हनुमान ढोकास्थित कुमारीघरका साथै देशभरका विभिन्न शक्तिपिठहरुमा विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गाको पूजा आराधना गरिन्छ । बिहान जमरा राखेपछि घर-घरमा र देवी मन्दिरहरूमा चण्डी पाठ गर्ने चलन छ । घटस्थापनाको दिन राखिएको जमरा विजया दशमीको दिन आफ्ना मान्यजनबाट लगाएर आशिर्दवाद ग्रहण गर्ने गरिन्छ ।
आजैबाट नवरात्री सुरु हुने हुनाले राजधानीलगायत मुलुकभरमा देवी मन्दिर तथा शक्तिपीठहरूमा दर्शन गर्नेहरुको भिड लागेको छ । राजधानीका गुहेश्वरी, दक्षिणकाली, पचलीभैरव र मैतीदेवीलगायतका मन्दिरहरुमा भक्तजनको भिड लागेको छ । आजबाट सुरु दशैं कोजाग्रत पूणिर्माका दिन जमरा बिसर्जन गरी समापन हुन्छ । भएको यस वर्षको दशैंको टिका आगामी १९ असोजमा परेको छ ।
0 : बिचार र सुझाबहरु:
Post a Comment