काठमाडौं, १० असोज । नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको छ । तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको २०६८ सालको जनगणानाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको उल्लेख छ ।
गत असार ३ देखि १३ गतेसम्म मुलुकमा ११ औं जनगणना गरिएको थियो ।
हरेक दश बर्षमा गरिने राष्ट्रिय जनगणनाको पछिल्लो नतिजा अनुसार यस पटक पनि पुरुषको संख्याभन्दा महिलाको संख्या केही बढि देखिएको छ । जनगणना अनुसार पुरुषको संख्या १ करोड २९ लाख २७ हजार ४ सय ३१ (४८.६६ प्रतिशत) र महिलाको संख्या १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ (५१.४४ प्रतिशत) रहेको छ ।
विभागका अनुसार जनसंख्या वृद्धिद्धर १ दशमलव ४ रहेको छ । देशभरीमा जम्मा ५६ लाख ५९ हजार ९ सय ८४ घर परिवार रहेका छन् । उनीहरुको लागि ४७ लाख ६७ हजार १ सय ९६ घर तथा भवनहरु रहेको पनि जनगणनाले देखाएको छ । १० वर्ष अघि भएको जणगणनामा नेपालको कुल जनसंख्या २ करोड ३१ लाख ४१ हजार ५ सय २३ रहेको थियो ।
0 : बिचार र सुझाबहरु:
Post a Comment