Home » » पार्टीभित्रको अन्तरद्वन्द्व बन्द गर !

पार्टीभित्रको अन्तरद्वन्द्व बन्द गर !

Written By Admins on Saturday, October 1, 2011 | 10:35 PM

दश वर्षे जनयुद्धबाट खरिएर आएको एकीकृत नेकपा माओवादी आज आˆनै पार्टी भित्रको अन्तरकलहमा रुमल्लिरहेको छ । देश र जनताको अग्रगमनको चाहनालाई नजरअन्दाज गर्दै सत्ता प्राप्तिका निम्ति सम्झौतावादी भएको छ । उसले आˆनो कार्य दिशा बिर्सदैछ भने जनताको नजरमा विश्वासी, नैतिकहिन बन्दै गएको छ । उसले हिजोको दशवर्ष युद्धमा प्राप्त गरेका तमाम उपलब्धी, सम्मान र जनसमर्थनलाई शिरोधार्य गर्न सकिरहेको छैन । पार्टीभित्र सामूहिकताभन्दा व्यक्तिहावी भएको छ ।

व्यक्तिलाई सर्वस्व ठान्ने र पार्टीलाई व्यक्तिको पहुाचमा सीमित राख्ने सोचाइले यो अवस्थाको सृजना भएको हो । के हिजो पनि एक व्यक्ति कै कारण जनयुद्ध सफल भएको हो पक्कै होइन तर पार्टीका नेतृत्वकर्ताले यो तथ्यलाई नजर अन्दाज गर्दैछन् । उनी हिजोको आˆनो इतिहास बिर्सेर आज आˆनो अघिपछि दायााबायाा लाग्ने चाटुकार र धूर्तहरूको चक्रव्यूहमा फसिरहेका छन् । तिनै चाटुकार र र्धूतहरूको सल्लाह र सुझावमा अघि बढ्दा नै आज पार्टी भित्रको अन्तरद्वन्द्व असरल्ल भएर विश्व सामु छताछुल्ल हुन पुगेको छ । यस स्थितिलाई सम्हाल्न अब कुनै एक व्यक्तिले मात्र आट गर्नु भनेको सूर्यलाई हत्केलाले टेक्न खोज्नु सरह हो ।

आफूलाई जनवादी बताउने पार्टीले कुनै जनवादी प्रक्रिया नअपनाउनु नै समस्याको मूल जरो हो । आफू र आˆना वरिपरीका आसेपासेलाई मात्र योग्य इमानदार र कर्मठ देख्ने रोगले नै समस्या विकराल रूप लिएको हो । पार्टीभित्र जति आदेश र जनवादी निर्णय भएपनि त्यसैको कार्यान्वयन नहुनु नै एमाओवादी भित्रको प्रमुख समस्या हो । पार्टीको निर्णय कार्यान्वयन गराउनु र कार्य विभाजनलाई स्पष्ट रूपलाई लागू गर्न पार्टी संस्थापन पक्ष खरो रूपमा उत्रनु पर्ने हो तर, यहा त पार्टी संस्थापन पक्ष नै दुस्प्रचारमा उत्रिएको छ । पार्टीभित्रको अन्तरद्वन्द्वलाई मत्थर पार्नु भन्दा पार्टीभित्र म बाहेक अरु केही सक्षम छैन र नेपाली क्रान्ति म बाहेक अरुले आफूसमेत सक्दैन भन्ने प्रचार गोयबल्स शैलीले अगाडि बढाइएको छ । यसले पार्टीलाई कहा पुर्‍याउने हो ?

पार्टीभित्र सानातिना मतभेद, अतरद्वन्द्व र समस्याहरू हुनु स्वाभाविक हो त्यसलाई समय अनुरूप सम्बोधन  गर्दै र अनावश्यक रूपमा आएका भए पाखा लगाउादै जानु स्वभाविक हो । तर यहाा त पार्टीले आधिकारिक निर्णय गर्छ तर त्यो लागू गरिादैन । निर्णय कार्यान्वयनका लागि कुरा उठाउने के यो ठीक हो ? पार्टी संस्थापन पक्षले घोल्तिएर सोच्नुपर्छ । जनवादी शैली अपनाउने पार्टीले हेडक्वाटरबाट ल्याएका सूची पढेर नेता र कार्यकर्तामाझ अनुमोदन गराइन्छ त्यसको विरोधमा गरे पार्टी र क्रान्ति विरोधी भइन्छ के सााच्चै जनयुद्ध यसैको लागि भएको हो त ? यी र यस्ता प्रश्नको जवाफ अब पार्टी संस्थापन पक्षले दिनैपर्दछ ।

तसर्थ अब एकीकृत नेकपा माओवादीले आफूले भनेजस्तै जनवादी शैलीलाई पार्टी हेडक्वाटर देखि तल्लो निकायसम्म समान ढंगले लागु गर्नुपर्छ । व्यक्ति विशेष होइन संस्था विशेष ढंगले अगाडि बढनुपर्छ र पार्टीका हरेक निर्णयलाई अक्षरश कार्यान्वयन गर्नुपर्छ यसैगरे माओवादी भित्रको यी प्रमुख रोगलाई तत्काल निको बनाउन सकिन्छ र पार्टी एक ढिक्का भएर अगाडि बढ्न सक्छ । मुखमा राम राम बगलीमा छुरा भने जस्तो गरेर संस्थापन पक्ष अगाडि बढेमा यो रोग अझै बल्झनेछ यसले देश र जनतालाई त असहय पीडा दिने छ भने स्वयं माओवादी पार्टी त्यसका कार्यकर्ता र अझ त्यसको नेतृत्व वर्ग र त्यसमा पनि पार्टी संस्थापन पक्षलाई कहिले निको नहुने चोट लाग्न सक्छ त्यसकारण यसलाई मध्यनजर गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुक अगाडि बढ्नु नै आजको आवश्यकता, समयको माग, देश र जनताको चाहना पनि हो । सबैलाई चेतना भया ।


0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS