Home » » जनयुद्धलाई उपेक्षा नगर !

जनयुद्धलाई उपेक्षा नगर !

Written By Admins on Saturday, October 1, 2011 | 11:11 PM

दश वर्षे महान जनयुद्धको आधारशीलामा खडा भएको उन्नाइसदिने जनआन्दोलनबाट मुलुकमा निरंकुश राजतन्त्रको अन्त्य भइ गणतन्त्र स्थापना भएको यथार्थता सबैसामु छर्लङ्ग छ । २४० वर्षे जहानीया निरंकुश राजतन्त्रको अन्त्य गर्दै मुलुकमा विधिवतरूपले गणतन्त्रको स्थापना गर्ने मुख्य शक्ति भनेको माओवादी पार्टी र त्यसले सञ्चालन गरेको दश वर्षे जनयुद्ध नै हो ।

राज्यको सम्पूर्ण शक्ति आˆनो हातमा लिएर ज्ञानेन्द्रले संसदवादी दललाई संसद्बाट सडकमा पुर्‍याइदिदा हारगुहार गर्दै जनयुद्ध सञ्चालन गरेको माओवादीसाग सहमति गर्न पुगेका संसदवादी दलहरू अहिले त्यही जनयुद्धलाई उपेक्षा गरिरहेका छन् । निरंकुशराजतन्त्रलाई घुँडा टेकाउन भनि रत्नपार्क वरिपरी सयको संख्यामा भेला हुने गरेका पुराना संसदवादी पार्टीहरू माओवादीसंग सहमति गरेपछि र त्यसमा जनताले साथ दिएपछि निरंकुश राजतन्त्रको अन्त्य भएको सत्यलाई स्वीकार्न आनाकानी गरिरहेका छन् ।

माओवादी साथ र सहयोग बिना राजतन्त्रको अन्त्य सम्भव थियो भन्नु दिउसै सूर्यलाई हत्केलाले छेकेर संसारलाई अध्यारो पार्छु भन्ने भ्रम छर्नु जस्तै हो । दश वर्षे जनयुद्धलाई हल्का ढंगले विश्लेषण गरेर त्यसलाई कमजोर गराउने असफल प्रयासमा वर्तमान राष्ट्रपति, देखि पुराना सोच र संस्कृति बोकेका सबै संसदवादी दलहरू लागेको देखिन्छ । राष्ट्रपति र दलहरूको यो दुस्साहस कहिल्यै पुरा हुने छैन ।

सरकारले हालै संसद्मा पेश गरेको आर्थिक वर्ष ०६८।०६९ को नीति तथा कार्यक्रममा जनयुद्ध शब्दको प्रयोग भएको विषयलाई लिएर आपत्ति जनाउनुले हाम्रा राष्ट्रपति र पुराना संसद्वादी दलहरूको मानसिकता कति संकुचित रहेछ भन्ने प्रष्ट भएको छ ।

हिजो त्यही जनयुद्धको आडमा आˆनो गुमिसकेको राजनीति शक्ति हात लगाउन मरिहत्ते गरेर लागेका संसदवादी दल र तीनको नेताहरू आज त्यही जनयुद्ध भण्डाफोर गर्न न्वारनदेखिको बल लगाएर उपि|mरहेका छन् यो विषय बाहिरबाट हेर्दा सामान्य देखिए पनि यसभित्र ठूलो षडयन्त्र रहेको अनुमान गर्न गाह्रो पर्दैन । पुराना सोच र व्यवहार बोकेका संसद्वादी दलहरू अझै पनि मुलुकलाई यथास्थिति मै राख्न चाहन्छन् । उनीहरू अग्रगमनको बाधक बनिरहेका छन् । उनीहरूलाई अहिलेसम्म प्राप्त भएको उपलब्धी समेत ज्यादा भएको छ ।

मुलुकलाई अझै पनि परनिर्भरतामा राख्न चाहन्छन् । विदेशीको अनुकूलतामा नेपाली जनतामाथि जबरजस्ती शासन थोपर्न चाहन्छन् । केही राजनीतिक दलहरू मुखमा रामराम बगलीमा छुराको शैलीमा नेपाली जनताले प्राप्त गरेको गणतन्त्र र संविधानसभाको घााटी रेटन उद्दत छन् । यसको परिदृश्य गत जेठ १४ गते संविधानसभा हलमा संविधानसभाको म्याद थप्दै गर्दा देखिएकै हो । यो, त्यस्ता शक्तिहरूलाई जनयुद्ध शब्दप्रति आक्रोश हुनु स्वभाविक होला तर आम नेपाली जनता जनयुद्धलाई स्वणीम अक्षरले इतिहासको पानामा लेखाउन आतुर छन् । त्यसलाई रोक्ने क्षमता कसैसाग रहने छैन ।

जनताको शक्तिलाई कम आट निरंकुश राजतन्त्रको लात खाएर सडक-सडक भौतारिनुपरेको यथातर्तालाई पुराना संसदवादी दलहरूले भुल्न खोज्दैछन् । जनयुद्ध, जनआन्दोलनको भावना विपरित जान खोज्ने शक्तिहरूलाई इतिहासले पाखा लगाउने नै छ । देशको वर्तमान अवस्था प्राप्तिको लागि बलिदानी गर्ने शक्तिलाई कसैले उपेक्षा गर्नु हुादैन ।

अग्रगमनको मार्गमा तगारो बन्ने दुश्साहस कसैले नगर्नु नै वेश हुन्छ । त्यसकारण जनयुद्ध, जनआन्दोलन, र जनसेनाको उचित मूल्याङ्कन गरी अहिलेको उपलब्धीलाई रक्षा गर्दै थप उपलब्धी प्राप्तिको दिशामा नलाग्ने हो भने जनता फेरि जाग्ने छन् । त्यतिबेला प्रतिगामी र यथास्थितिवादी शक्तिहरूको अवस्था कस्तो होला इतिहासबाट पाठ सिक्न जरुरी छ । सबैलाई चेतना भया ।


0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS