Home » » फेरि बावियाचौर म्याग्दीमा सडक दुर्घटना ११ जना घाइते !

फेरि बावियाचौर म्याग्दीमा सडक दुर्घटना ११ जना घाइते !

Written By Admins on Saturday, October 8, 2011 | 7:32 PM

म्याग्दी ,असोज २१ गते । पश्चिम म्याग्दीको बावियाचौरबाट सदरमुकाम बेनीतर्फआउँदै गरेका ना ३ ख ४३८० नंवरको माइक्रोबस बावियाचौर-५ मा चिप्लिएर दुर्घटना हुदाँ चालक सहित ११ जना यात्रु र्घाईते भएका छन । भिरालो सडकसंगै १२ महिना चिप्लो हुने सडकका कारण गाडीको ब्रेक फेल भएर दुर्घटना भएको चालक कृष्ण जिसीले प्रहरी समक्ष बयान दिएका छन ।





र्घाईते हुनेहरुमा सिंगा ५ कि २७ बषिर्य सोभा खत्री उनकी १२ बषिर्य छोरी सोनी खत्री र १० बषिर्य छोरा सिल्पा खत्री र्,अर्मन ६की ३० बषिर्य खुलदेबी छन्त्याल , मराङ ७ की २६ बषिर्य कोपिला घिमिरे उनका श्रीमान २६ बषिर्य सोमनाथ घिमीरे ,र छोरा ७ बषिर्य अनिल घिमिरे ,मल्कबाङ्ग १ का २० बषिर्य नरेश पुर्जा ,ओखरवोट ८का ३४ बषिर्य सुक वहादुर पटेल र बाग्लुङ गुठी ३ का १३ बषिर्य सैलेन्द्र खड्का रहेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी घाइते भएका सवैको अवस्था सामान्य रहेको र म्याग्दी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गत असोज १ गते बावियाचौर ८ रनबाङमा बाबियाचौर देखी दरवाङ जाँदै गरेको ग १ ख २७०४ नम्वरको मिनिवस दुर्घटना हुदाँ १३ जनाको ज्यान जानुका साथै ६ जना गम्भीर र्घाईते भएका थिए ।


घटनाको सत्य तथ्य छानविन गर्न म्याग्दी बस तथा जिप संचालक समितिका सचिव सुमन श्रेष्ठको संयोजकत्वमा छानविन समीति गठन भएपनी समीतिले घटनाको अध्ययन प्रतिवेदन र्सार्वजनीक गरेको छैन ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS