Home »
» सरकार विघटनको संघारमा !
आम जनताका बीचमा ठूलो आशाको पोको बोकेर आएको भट्टराई नेतृत्व
सरकार आफ्नै पार्टीभित्रका सहयात्रीहरुलाई चिडाएर अघि बढ्न खोज्दा विघटनको
संघारमा पुगेको छ । सहयात्रीहरुलाई लात्ति मार्दै प्रतिक्रियावादीहरुसंग
घाँटी जोड्न पुगेपछि भट्टराईप्रति आशंका पैदा गराएको हो । कुनै पनि हालतमा
प्रधानमन्त्री बन्ने मानसिकतामा रहेर भट्टराईले मधेसी मोर्चासंग खतरनाक
चारबुँदे सहमति गर्न पुगे । उनकै डिजाइनमा भएको चारबुँदे सम्झौताको बारेमा
आफ्नै पार्टी भित्रका वरिष्ठ नेताहरुलाई समेत जानकारी नदिइ भट्टराई एक्लै
अगाडी बढ्न खोजे ।
जसले गर्दा पार्टीभित्र अहिले उनलाई धाकेवाज भन्दै
सहयात्राको सम्भावना क्षण भएको आवाज उठ्न थालेको छ । भट्टराईले
प्रधानमन्त्री बन्नकै लागि मधेसी मोर्चासंग मधेसी युवालाई दश हजारको
संख्यामा नेपाली सेनामा भर्ना लिने अन्धाधुन्नध रुपमा नागरिकता बाड्ने
जस्ता खतरा सम्झौता गरेका थिए । जसलाई माओवादी वैद्य समूहले राष्ट्रघाति
भन्दै खारेजीको माग गरेको छ । उसले यस्ता विषयमा राष्ट्रिय सहमती हुनुपर्ने
भन्दै एक दुई व्यक्तिको चाहनामा यस्तो निर्णय कार्यान्वयन हुन नसक्ने
बताएको छ ।
धोविघाट भेलाबाट प्रधानमन्त्री बन्ने अवसर पाएका प्रधानमन्त्री
भट्टराईले अहिले त्यही धोविघाट सम्मेलनका सहयात्रीहरुलाई धोका दिएर अमुक
व्यक्तिहरुको सल्लाहमा अघि बढेको आरोप उनी माथि लागेको छ l प्रधानमन्त्री भए लगत्तै भट्टराईले सुव्यवस्था कायम राख्न एक महिनासम्म
कुनै पनि कर्मचारी सरुवा नगर्ने बताएका थिए । तर, उनको उक्त प्रतिबद्धता
तीन हप्ता पनि टिक्न सकेन । अहिले धमाधम कर्मचारी सरुवाको फाइल तयार
भइरहेको मन्त्रालय स्रोतहरुले उल्लेख गरेका छन् । सत्ता र शक्तिको लागि जे
पनि गर्ने मधेसी दलहरुको समर्थनमा प्रधानमन्त्री भएर राष्ट्रको लागि केही
गर्छु भन्ने सपना देख्नु भट्टराईको कमजोरी भएको विश्लेषकहरुले बताएका छन् ।
आफ्नै पार्टीभित्रका सहयात्रीहरुलाई एकठिक्का बनाउन नसक्ने भट्टराईले
राष्ट्रिय मुद्दामा सहमति बनाउलान भन्ने कुनै गतिलो आधार नभएको समेत
उनीहरुको भनाइ रहेको छ । भट्टराई प्रधानमन्त्री भइसकेपछि उनले लिएका
अधिकांश निर्णयहरु विवादमा तानिएका छन् । उनले पछिल्लो समय जनयुद्धको
क्रममा किसानले कब्जा गरेका जमिनदारका जग्गा बिना नीति फिर्ता गर्न दिएको
निर्देशन बढी आलोच्य बनेको छ । किसानका समस्या नबुझि हचुवाको भरमा जग्गा
फिर्ता गराउने सरकारको निणर्य घातक हुने भन्दै माओवादीका एक वरिष्ठ नेताले
जग्गा कब्जाको लागि सहिद बनाइयो अब जग्गा फिर्ता गर भन्नेका विरुद्ध
लडे त सहिद बनाउने काम भएको भन्दै चर्को आलोचना गरेका छन् ।
भूमिहिन
जनतामाथि अत्याचार गरेर सरकारले पार्टी नीति विपरित कार्य गरेको समेत तीन
नेताले बताए । आफ्नै पार्टीभित्रका सहयात्री, पार्टीको नीति अनि हिजो जनताका अगाडि
गरेका वाचाहरु भुल्दै गएपछि भट्टराई नेतृत्वको सरकारप्रति जनआक्रोश बढ्दै
गएको जानकारहरुले बताएका छन् । सरकार मुख्य एजेण्डा भन्दा ज्यादा
प्रचारवाजीमा लागेपछि हिजोका मुद्दा ओझेलमा परेको प्रति माओवादी नेता
कार्यकर्ताहरुले समेत आक्रोश पोखेका छन् ।
पार्टीभित्रका योजना विपरित
व्यक्तिगत ढंगले अगाडि बढ्न खोजेपछि भट्टराई नेतृत्वको सरकार विघटनको
संघारमा पुगेको छ । आफ्नै पार्टीभित्रको असहयोग कारण भट्टराई नेतृत्वको
सरकार बालुवाको घरमा परिणत भएको भन्दै जानकारहरुले यो जुनसुकै बेला ढल्न
सक्ने बताएका छन् ।
0 : बिचार र सुझाबहरु:
Post a Comment