Home » » को हुन् त गद्धाफी ?

को हुन् त गद्धाफी ?

Written By Admins on Thursday, October 20, 2011 | 6:25 PM

सन् १९४२ को जुन ७ तारिखमा जन्मिएका गद्दाफी १८ बर्षको उमेरमा नै सेनामा भर्ति भएका थिए । आफूलाई मिश्रका जमाल अब्दुल नासिकका शिष्य बताउने गद्धाफी लिबियाली राजा इदि्रस उपचारका लागि टर्की गएको बेला सानो सैनिक समूहको मदता रक्तपात बिहीन सत्ता कब्जा गर्दै सन् १९६९ मा सत्तामा पुगेका थिए । सत्तामा आउँदा उनको उमेर मात्र २७ बर्षको थियो । सत्तामा पुगेसँगै आफूलाई कर्नेल घोषणा गरेका गद्धाफीले आर्थिक विकास गरे । उनले लिबियाका तेल उत्खननमा संलग्न विदेशी कम्पनीहरुको सम्झौतालाई पुनरावलोकन गरे । जुन सम्झौताले लिबियालाई भन्दा तेल उत्खननमा संलग्न कम्पनीहरुले धेरै कमाई गरेको थियो । सम्झौतालाई पुनरावलोकनसँग लिबियाले विकासमा फड्को मारेको थियो । गद्धाफीको यो कार्यशैलीलाई अन्य अरब मुलुकहरुले समेत अनुशरण गरेका थिए । गद्धाफीकै नेतृत्वमा मानव निर्तिम नदी बनाएर लिबियाको उत्तरी सुख्ख क्षेत्रमा पानी पुर्‍याइएको थियो । 
 
युवती अंगरक्षकबाट घेरिएर बस्ने गद्धाफी आफ्ना शासनकालको दौसन क्रान्तिकारी हिरोदेखि अन्तराष्ट्रिय जगतमा अछूतका रुपमा देखिए । संवैधानिक रुपमा लिबियाको पदमा नरहेका उनी अरब र अफ्रिकन देशहरुमा राम्रै प्रभाव पार्न सफल भएका थिए । उनी कुनै बेला आफूलाई शासकहरुको शासक भन्न पनि पछि पर्दैनथे । कुरान र सैन्य वाहेक उनले औपचारिक शिक्षा नलिएका उनले १९७० मा विश्वका सम्वन्धबारे तेश्रो सिद्धान्त विकास गरेको दावी गरेका थिए । जुन उनको नजरमा प्लोटो, माक्स लगायतको चिन्तनभन्दा धेरै अगाडी छ । यसबारे उनले गि्रन बुकमा ब्याख्या गरेका छन् । तर, उनलाई प्रजातन्त्रका यस्ता तानाशाही, जो अरुमाथि आफ्नो इच्छा लाद्ने शासक भन्दै आलोचना हुने गरेको थियो । गद्दाफीले २ बर्षअघि अरब देशहरुको सम्मेलनमा सम्बोधन गर्दै आफू अन्तर्राष्ट्रिय नेता, अफ्रिकाका राजाहरुको राजा र मुस्लिमहरुको इमाम रहेको घोषणा गरेका थिए ।


चरमपन्थी संगठनहरुको समर्थन गरेपछि उनीमाथि बर्लिना सन् १९८६ मा भएको आक्रमणको आरोप लाग्यो । अमेरिकी राष्ट्रपति रोनल्ड रीगनले त्रिपोली र बेनगाँजीमा आक्रमण गर्न आदेश दिए । तर गद्धाफी बाँचे । उनको छोरी भने आक्रमणमा मारिइन् । २ सय ७० जनाको ज्यान जाने गरी एक विमानमा भएको विस्फोटमा संलग्न रहेको आंशका गरिएका २ जनामाथि स्कटल्याण्डमा आक्रमण गर्न गद्धाफीले अस्वीकार गरेपछि संयुक्त राष्ट्रसंघले लिबियामाथि आर्थिक प्रतिवन्ध लगाएको थियो । पछि आरोपीहरु आत्मासमर्पण गरेपछि प्रतिवन्ध हटाइएको थियो ।


गद्धाफीविरुद्धको विद्रोह:-


लिबियाका नागरिकहरु गद्दाफी सरकारको विरोधमा बोल्न डराउँथे किनकी जताततै सरकारी गुप्तचर फैलिएका हुन्थे । कसले कसको कतिखेर विरोध गर्छ भन्ने सबै हिसाब किताब गुप्तचरले राख्ने गर्थे त्यसैले कोही पनि गद्दाफी शासनको विरोधमा बोल्न चाहँदैनथे । सन् २०१० मा ट्युनिसिया र इजिप्टमा सरकार विरोधी प्रदर्शन सुरु भयो । ट्युनिसियाको आन्दोलन सफल हुँदै गएपछि लिवियाली नागरिक सडकमा उत्रिए । ६ महिनाअघि एक महिला मानवअधिकारकर्मीलाई सरकारले पक्राउ गरेपछि सुरु भएको आन्दोलनले अन्तत गद्दाफीको नै पतन भएको छ । गद्दाफीको सरकारमा कानुनमन्त्री रहीसकेका मुस्तफा मोहमद अब्दुल जलिलको नेतृत्वमा रहेको ३१ सदस्यीय अन्तरिम संक्रमणकालिन राष्ट्रिय परिषदले आन्दोलनको नेतृत्व गरेको थियो ।


सुरुमा बेनगाँजी शहरलाई आन्दोलनको केन्द्रबिन्दु बनाएका विद्रोहीहरुमाथि गद्दाफीले हवाई आक्रमण सुरु गरेपछि पश्चिमा मुलुक त्यसको विरोधमा उभिए । उनीहरुकै पहलमा राष्ट्रसंघ सुरक्षा परिषद्ले लिबियामाथि प्रतिवन्ध लगाएपछि लिबियाली नागरिकको सुरक्षाका लागि भन्दै नेटो सेनाको अगुवाईमा ५ महिनाअघि लिवियामा आक्रमण थालेका हुन् । सुरुमा फ्रान्सका युद्धक विमानले लिबियाली सैनिकका ट्याँक ध्वस्त पारे पछि बेलायत, अमेरिकी, क्यानडा, नर्वे, बेल्जियम, डेनमार्कका सैनिकले बिवियाली सैनिक माथि निरन्तर आक्रण गरिरहेका थिए । देशो अधिकांश भाग विद्रोहीको कब्जामा गएपछि गद्धाफीले सेप्टेम्बरमा सत्ता छाडेर लुकेका थिए । गद्धाफीविरुद्ध अन्तराष्ट्रिय फैजदारी अदालतले पक्राउ पूर्जी समेत जारी गरेको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS