Home »
» प्रधानमन्त्रीको भारत भ्रमण र जनअपेक्षा !
प्रधानमन्त्री बाबुराम भट्टराईको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा
कन्चनपुर भीमदत्त नगरपालिका ११ महाकाली नदी किनारको बस्ती भुजेलामा भारतीय
अर्धसैनिक बल प्रवेश गरी नेपालीहरूको घर टहरा भत्काइदिएको छ । उक्त
कार्यबाट सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरू घरविहीन भई असुरक्षित
महसुस गर्दै कस्ट पूर्ण जीवन बिताइरहेका छन् । सीमा क्षेत्रमा तनाब बढेको छ
।
प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा यस प्रकारको भारतीय
गतिविधि हुनुले यो भित्र गम्भीर रहस्य हुन सक्दछ । एक पटक पुनः नेपाल
सरकारको नाडी छाम्ने काम भएको छ । यो भारतको नेपालप्रतिको हेपाहा
प्रवृत्तिको पुनरावलोकन हो भारतले नेपालको अस्मिता माथि नाङ्गो प्रहार
गर्दासमेत सरकारी धारणा सार्वजनिक नहुनु बिडम्बना हो l यो त पछिल्लो समयको
एक उदाहरण मात्र हो l यस्ता थिचोमिचो हेपाई पटक-पटक हुदै आइरहेको छ । हामी
निरीह प्राणी जस्तै सहन गरेर बाच्न बाध्य छौं ।
यस्ता विवादस्पद विषयमा
सरकारले, देशको सिमाना, भूमि, नागरिकको हितार्थ तदारुकताका साथ द्विपक्षीय
छलफल गरी समस्याको समधान गर्न जरुरी छ । यस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय
महत्वको विषयलाई पहिलो प्राथमिकतामा राखेर निरूपणतर्फ उन्मुख हुनु आजको
पहिलो आवश्यकता हो । पछिल्लो पटक थपिएको संविधानशभाको म्याद सकिने दिन पनि
नजिकिादै छ ।
भट्टराई सरकारको दिन गन्ती पनि सुरु भइसकेको, यो सरकारले पनि
केही गर्न नसक्ने, २०४६ साल पछिकै सबैभन्दा कमजोर सरकार, सिंहदरबारमा फोटो
झुण्ड्याउने सिवाय केही हुनेवाला छैन, सस्तो लोकपि्रयताको लागि मुस्ताङ
गाडी चढेको, मधेशवादी दलहरूसंग विवादस्पद ४ बुदे सहमति गरी सरकार निर्माण
गरेको, नेपालको राष्ट्रियता कमजोर पारेको, नेपाललाई सिक्किमीकरणतर्फ
उन्मुख पारेकोलगायत टिकाटिप्पणी राजनीतिक वृत्तमा सुरु भइसकेको छ
अहिलेको सवाल भनेको जुनसुकै
तन्त्र अथवा नेतृत्वको सरकार होस् नेपाली जनताले चाहेको समयमा शान्ति र
संविधानमार्फत दिगो रूपमा नेपालको सर्वाङ्गीण विकास, आत्मनिर्भरता,
परनिर्भरताको अन्त्यको साथै स्वाबलम्बी बन्न चाहेका छन्, तमाम युवाहरूले
स्वदेशमै रोजगार पाएर हीनताबोध भएर विदेशी भूमिमा सस्तो पारिश्रमिकमा पसिना
बगाउनु पर्ने बाध्यताको अन्त्य चाहेका छन् । यही जुनीमा समृद्ध नेपाल
हेर्न चाहेका छन् ।
यदि बोलेका बाचा पूरा गर्न सकिन्न भने कृपया नेपाली
जनतालाई झुटको सपना बाड्ने खेती आजैदेखि बन्द गर्नुस् चाहे एकलब्य हुनुस्
चाहे अर्जुनदृष्टिको भावनात्मक सङ्कल्प लिएर हिड्नुस तर देश र जनताको लागि
गर्नुस् यो समग्र नेपाली जनताको चाहना हो ।
जबसम्म नेतृत्व, नीति निर्माण तहमा पुग्नेहरूसंग राष्ट्र निर्माणको असली
दृढ इच्छाशक्ति हुन्न तबसम्म यस्तै झार्लगे नौटंकी नाटक मन्चन भइरहन्छ ।
नाटकका नक्कली पात्रका अभिनयमा हामी सकल दर्शक भएर कहिलेसम्म नाटक हेरिरहने
हो ? के अब पनि यस्तै नाटकको भावनामा बगेर काल्पनिक जिन्दगी व्यतित गर्ने
कि ?
२१ औा शताब्दी युग सुहाउदो भावी पुस्ताको समेत उत्तरदायित्व बहन गरेर
वास्तविक जिन्दगीको खोजीमा लाग्ने हो ? समयले पर्खने छैन समयमै सोच्नु
बुद्धिमानी हुनेछ । राणाकालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले एक पटक
युरोप भ्रमणमार्फत् नेपालमा पनि त्यही शैलीलाई पुर्याएर दृढ
इच्छाशक्तिका साथ विकास निर्माणको सुरुवात गरे । तत्कालीन समयमा आजको जस्तो
प्रविधिको विकास भएको थिएन तैपनि हरेक चुनौतिको सामना गरेर भए पनि आˆनो
योजना मुताबिक विकास निर्माणका काम गरेर भाबी पुस्तालाई नासोको रूपमा
इतिहास छाडेर गए इतिहास साक्षी छ ।
जंगबहादुरकालीन विकासको संरचना आजको
आधुनिक विकास निर्माणको रूपरेखा प्रविधि, अस्तव्यस्त भौतिक विकास निर्माणका
संरचनालाई चुनौती दिदैछ । संसारमा भावनामा बगेर काल्पनिक रसातलमा डुबेर
भौतिक विकास हुने थियो भने आज हामीले सिङ्गो धर्तीबाहेक केही कुरा देख्न र
भोग्न पाउने थिएनौ । हामीले आजसम्म कति विकसित अविकसित देशको भ्रमण
गरिसकेका छौं l खै त ? आजसम्म त्यस्तो अनुसरण गर्न सक्ने दृढ इच्छाशक्ति
भएका नेतृत्व तहमा विराजमान भएकाहरूबाट यो मुलुकमा कथित संक्रमणकालको नाममा
पिल्सेर बस्न बाध्य छौं ।
अन्त्यमा, शुभदीपावली २०६८ को पावन अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण
नेपाली दाज्यु-भाइ, दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामनासहित यो मुलुकमा
दृढ इच्छाशक्ति भएको नेतृत्वको विकास होस् भन्दै यो चली रहेको कलमलाई बन्द गर्दछु l
0 : बिचार र सुझाबहरु:
Post a Comment