Home » » आज महाकवि देवकोटाको १०३औँ जन्मजयन्ती !

आज महाकवि देवकोटाको १०३औँ जन्मजयन्ती !

Written By Admins on Wednesday, October 26, 2011 | 2:09 AM

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी देश बिदेशमा मनाइँदैछ ।

विक्रम सम्वत १९६६ साल २७ गते लक्ष्मी पूजाका दिन धोवीधारामा भएको बजारमा भएको थियो । लक्ष्मीपूजाका दिन जन्मिएका हुनाले देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको हो । देवकोटाको जन्मदिनको अवसरमा साहित्यकर्मी तथा साहित्यिक संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । मानवता र स्वच्छन्दतावादी साहित्यको क्षेत्रमा उच्च स्थान ओटगेका बहुमुखी प्रतिभाका धनी देवाकोटाले कविता, कथा, निबन्ध, खण्डकाव्य र महाकाव्यलगायत साहित्यका विविध विधामा कलम चलाउनु भएको छ । शाकुन्तल, सुलोचना, बनकुसुम, प्रमीथसजस्ता महाकाव्य, यात्री, गरिब, मार्गआदि फुटकर कविता तथा मुनामदन र कुञ्जिनीजस्ता उत्कृष्ट महाकाव्य प्रकाशित छन् ।


आधुनिक नेपाली साहित्यका शिखर पुरुष देवकोटाका रचनामा प्रकृतिप्रेम, राष्ट्रभत्ति र मानवताका भावहरु झल्कन्छन । देवकोटाका रचनामध्ये सामान्य पाठकलाई लक्षित गरेर लेखिएको मुनामदन सर्वाधिक रुचाइएको कृति हो । आधुनिक नेपाली भाषा साहित्य र बाङमयको विकसमा अतुलनीय योगदान दिएका देवकोटाले नेपाल र नेपाली साहित्यलाई अङ्ग्रेजी भाषाका माध्यमबाट विदेशमा समेत चिनाउने काम गर्नुभएको थियो । अंग्रेजी साहित्यमा समेत कलम चलाउनुभएका उहाँका अंग्रेजी भाषामा रिनर्मलाइजेसन अफ कन्जुगल लाइफ र प्लेजर इन हृयुमिलियसन नामक दुई कथा छापिएका छन् । उहाँले राणाशासनको पतनपछि केही समय शिक्षामन्त्रीसमेत भएर काम गर्नुभएको थियो । सम्पूर्ण जीवन नै नेपाली साहित्यिको श्रृवृद्धिमा बिताएका देवाकोटाको क्यान्सरका कारण २०१६ भदौ २९ गते निधन भएको थियो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS