क्वालालम्पुर, अक्टुबर
२३ - मलेसिया सरकारले बायोमेटि्रक प्रणालीसहित ल्याएको 'आममाफी
कार्यक्रम' अन्तर्गत दर्ता भएका अवैध कामदारलाई वैधता दिने प्रक्रिया
सोमबार सुरु गर्ने भएको छ । त्यसमा ३३ हजार नेपाली कामदार परेका छन् ।
यहाँका
उपप्रधानमन्त्री तानश्री मुहिद्दिन यासिनको अध्यक्षतामा 'अवैधानिक कामदार र
आममाफी कार्यक्रम' अन्तर्गत वैधतासम्बन्धी दोस्रो चरणको कार्यक्रम सुरु
गर्ने निर्णय भएको मलेसियाली समाचार संस्था बर्नामाले जनाएको छ ।
वैधता
पाउने कामदारका लागि मलेसियाली सरकारले प्लान्टेसन, कन्स्ट्रक्सन,
म्यानुफ््याक्चरिङ, फार्मिङ र सर्भिस गरी पाँच क्षेत्रमा रोजगारीको अवसर
दिएको छ । 'जसले दर्ता गरेको छ, उनीहरूले सरकारद्वारा मान्यता दिइएका पाँच
क्षेत्रमा काम गर्न पाउने छन्् ।'
'सायद
उनीहरू त्यहीं रोजगारी पाउने छन््, जहाँ अहिले उनीहरू काम गरिरहेका छन्् ।
उनीहरूलाई सहज र उचित हुने खालको काम गर्न अनुमति दिइनेछ ।'
उपप्रधानमन्त्री यासिनको भनाइ उद्धृत गर्दै बर्नामाले उल्लेख गरेको छ ।
यासिनले
आममाफी कार्यक्रममा दर्ता भएका अवैध कामदारहरूमध्ये करिब ५ लाख विदेशी
कामदार सरकारले इजाजत नदिएको क्षेत्रमा काम गरिरहेको पाइएको खुलाए । साथै
उनले देशभित्रैबाट विदेशी कामदारको आवश्यकता पूर्ति हुने विश्वास व्यक्त
गरे । उनले भने 'देशभित्रैबाट कामदार अभाव टर्नेछ' यासिनलाई उद्धृत गर्दै
समाचारमा जनाइएको छ ।
अवैध
रूपमा बसिरहेका विदेशी कामदारहरूलाई बायोमेटि्रक प्रणालीसहितको आममाफी
कार्यक्रममा सहभागी गराउन यसअघि मलेसियाले जुलाई १८ देखि अगस्ट ३१ सम्मको
समयावधि दिएको थियो । यस अवधिमा १३ लाख ३ हजार १ सय २६ अवैध कामदारले
आफ््नो विवरण दर्ता गरेका थिए । यीमध्ये कतिपय आफ््नो देश फर्किरहेका छन््
भने बहुसंख्यक वैधताको अवसर लिई यहीं काम गर्ने तयारीमा छन्् ।
स्रोतका
अनुसार सोमबारदेखि सुरु गरिने यो चरणमा वैध भई काम गर्न चाहने कामदारले
कामका लागि जिम्मा लिएको कम्पनी र बायोमेटि्रक गराउने कम्पनीसँग सम्पर्क
राखी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । कामको जिम्मा लिने कम्पनीले
कामदारको आवश्यकता भएको पत्र र कामदारका लागि कामको स्पोन्सर लेटरसहित
कागजातहरू सम्बन्धित सरकारी निकायमा बुझाउनुपर्छ । रोजगारदाताले रोजगार
अनुमतिपत्र उपलब्ध गराएपछि सम्बन्धित देशका यहाँस्थित कूटनीतिक नियोगमार्फत
कामदारले राहदानी लिन पाउनेछन्् । त्यसपछि मात्रै 'वर्कपर्मिट' का लागि
जिम्मा लिने कम्पनीले पर्मिट उपलब्ध गराउनुपर्ने प्रावधान छ ।
मलेसियाले वैधानिक रूपमा काम गरिरहेका विदेशी कामदारलाई समेत बायोमेटि्रक प्रणालीमा अनिवार्य सहभागी हुनुपर्ने नीति अघि सारेपछि १० लाख १६ हजार ९ सय ८ वैधानिक कामदारले पनि बायोमेटि्रक प्रणालीसहितको यो कार्यक्रममा सहभागी भएका थिए । स्रोतअनुसार वैध र अवैध गरी २३ लाख २० हजार ३४ जना दर्ता प्रक्रियामा सामेल भएका थिए ।
यहाँस्थित नेपाली दूतावासका अनुसार दर्ता प्रक्रियामा ३३ हजार अवैध नेपाली सामेल भएका थिए । तीमध्ये कतिपय 'ट्राभल डकुमेन्ट' लिई घर फर्किरहेका छन्् भने बहुसंख्यक वैधता प्रक्रियामा सामेल हुनेछन्् । वैधता प्रक्रियामा सहभागी हुन दूतावासले यसअघि दर्ता प्रक्रियामा सामेल अवैध सबै नेपालीलाई आग्रह गरेको छ । मलेसियाले दिएको तथ्यांकलाई उद्धृत गर्दै दूतावास स्रोतले जनाएअनुसार अवैध र वैध गरी २ लाख ५४ हजार नेपाली मलेसियामा छन्् । यद्यपि ६/७ हजार नेपाली अझै अवैध रूपमा रहेको हुन सक्ने अनुमान गरिएको छ ।
अवैध कामदारलाई वैधता दिने तथा घर र्फकन चाहनेलाई बिनाकानुनी कारबाही र्फकन दिने गरी मलेसियाले ल्याएको यो कार्यक्रम मलेसियाको आप्रवासीसम्बन्धी पहिलो अत्यन्त महत्त्वपूर्ण कार्यक्रम मानिन्छ । यो कार्यक्रमअन्तर्गत वैध भई काम गर्न नचाहने कामदार आगामी डिसेम्बर महिनासम्ममा आफ््नै देश र्फकनुपर्नेछ ।
मलेसियाले आममाफी कार्यक्रममा सहभागी नहुने अवैध कामदार र तिनलाई प्रश्रय दिने रोजगारदातालाई कडा कारबाही गर्ने जनाएको छ । 'यो वैधानिकता प्रक्रिया सकिएपछि यो प्रक्रियामा सामेल नहुने गैरकानुनी कामदार र रोजगारदाताविरुद्ध सरकार कडा कारबाहीमा उत्रनेछ,' उपप्रधानमन्त्री यासिनको भनाइ उद्धृत गर्दै बर्नामाले उल्लेख गरेको छ ।
0 : बिचार र सुझाबहरु:
Post a Comment