Home » » नेपाल संवत्‌को नयाँ वर्ष आज

नेपाल संवत्‌को नयाँ वर्ष आज

Written By Admins on Thursday, October 27, 2011 | 4:08 AM

नेपाल संवत्‌को नयाँ वर्ष आज देशका विभिन्न भागमा मनाइँदैछ। काठमाडौँमा यस पटक सांस्कृतिक र्‍यालीपछिको सभा टुँडिखेलमा गरिँदैछ। अघिल्ला वर्षहरुमा यस्ता सभा बसन्तपुरमा हुँदै आएको थियो। सभामा प्रधानमन्त्री बाबुराम भट्टराई प्रमुख अतिथि रहनेछन्।


११३२ वर्षअघि शङ्खधर साख्वाले काठमाडौँ उपत्यकाका गरिबको ऋण मोचन गरी नेपाल संवत्‌को प्रारम्भ गरेका थिए ल नेपाल संवत् ८८८ वर्षसम्म आधिकारिक संवतका रूपमा प्रचलनमा रहेकामा वि.सं. १९६० मा राज्यस्तरबाट नै यसमाथि रोक लगाइएको थियो।

नेपालमा वि.सं. २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल संवतलाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको थिए l मन्त्रिपरिषद्को गत कात्तिक ८ गतेको बैठकले नेपाल सम्वत्लाई पनि सरकारी क्यालेन्डरमा समावेश गर्ने उद्देश्यले नेपाल सम्वत् र अन्य सम्वत्का विषयमा अध्ययन गरी एक प्रतिवेदन तयार गर्न पद्मरत्न तुलाधरको संयोजकत्वमा तीन सदस्यीय सुझाव समिति गठन गरेको छ।

नेपाल संवत् प्रारम्भ गरेर समाज तथा राष्ट्रलाई युगान्तकारी योगदान दिएकै फलस्वरूप शङ्खधर साख्वालाई कांग्रेस नेतृत्व सरकारले वि.सं.२०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो। त्यसैगरी माधव नेपाल नेतृत्वको सरकारले तीन वर्षअघि यो संवतलाई राष्ट्रिय संवत्‌को मान्यता दिएको थियो।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS