२८ क्वालालम्पुर l अवैध कामदार अक्टोबर ३१ भित्रै स्वदेश
र्फकनुपर्ने मलेसियाली सरकारको नयाँ निर्णयपछि यहाँस्थित नेपाली दूतावासमा
घर र्फकन ट्राभल डकुमेन्ट लिन आउने अवैध नेपाली कामदारको भीड लाग्न थालेको छ
। मलेसियाले गत बिहीबार उक्त निर्णय गरेको भन्दै दूतावासले घर र्फकन्छु
भनी बायोमेटि्रक पद्धतिअनुरूप दर्ता भएका साथै दर्ता हुन छुटेका सबै अवैध
रूपमा यहाँ रहेका नेपालीलाई तोकिएको मितिभित्र स्वदेश र्फकन सूचना जारी
गरेको थियो ।
मलेसियाले दिएको उक्त ‘डेटलाइन’ सकिन अब ५ दिन मात्र बाँकी छ । ५ दिनमध्ये ४ दिन सार्वजनिक बिदा छ । दूतावासका अनुसार बुधबार, शुक्रबार, शनिबार र आइतबार सार्वजनिक बिदाको दिन परेकाले कार्यालय बन्द हुन्छ । दूतावासका एक सदस्यले भने, ‘ट्राभल डकुमेन्ट जारी गर्न र बाँड्न भ्याइनभ्याई छ ।’
मलेसियाली सरकारको पछिल्लो निर्णयका कारण यहाँका विभिन्न सहरहरूमा रहेका अवैधानिक नेपालीहरू घर र्फकन आवश्यक प्रक्रिया पूरा गर्न राजधानी क्वालालम्पुर आउन थालेका छन् । यसरी आउनेहरू कतिपय यहाँस्थित चिनेजानेका आफन्तकहाँ त कतिपय नेपाली रेस्टुरेन्ट र पसलहरूमा आश्रय लिँदै ट्राभल डकुमेन्टका लागि दूतावास आउने गरेका छन् । कतिपय नेपालीले घर परिवारलाई फोन गरी पैसा झिकाउन थालेका छन् । हाल मलेसियाली मुद्रा ‘रिंगेट’ को भाउ बलियो भएको र नेपालदेखि हुन्डीमार्फत पैसा मगाउनुपर्ने बाध्यता भएकाले पैसा मगाउने कामदारलाई घाटा भएको छ ।
करिब १ हप्ताको समय मात्रै भएकाले उक्त तोकिएको समयमै स्वदेश र्फकन अवैध कामदारहरूलाई निकै अप्ठ्यारो भइरहेको छ । स्रोतअनुसार नेपाली दूतावासले अहिले अवैध कामदारलाई घर र्फकन दिइएको ‘डेटलाइन’ अत्यन्तै छोटो भएकाले नोभेम्बर ३० सम्म समय थप्न प्रस्ताव गर्दै मलेसिया सरकारलाई पत्र पठाए पनि त्यसको कुनै औपचारिक जवाफ आइसकेको छैन । मलेसियाले ल्याएको आममाफी कार्यक्रमको दर्ता प्रक्रियामा करिब १३ लाख अवैध विदेशी कामदारले आफ्नो विवरण दर्ता गरेका थिए । तीमध्ये ३३ हजार नेपाली दर्ता भएका थिए ।
मलेसियाले आममाफी कार्यक्रमअनुरूप गत बिहीबार गरेको नयाँ निर्णयपछि घर र्फकन टिकट अभावका कारण नेपाली कामदार निकै मारमा परेका छन् । घरफिर्ती टिकटको चर्को अभावका कारण मलेसियाले तोकेको समयावधिभित्रै घर र्फकनुपर्ने कामदार दुई/तीन हप्तासम्म बस्नैपर्ने बाध्यता सिर्जना भएको छ । जसका कारण उनीहरूको खर्च बढ्ने छ ।
हाल प्रत्येकजसो ट्राभलमा टिकट मिलाइदिन आग्रह गर्नेहरूको संख्या दैनिकजसो बढ्ने गरेको यहाँस्थित एक ट्राभल कर्मचारीले बताइन् । ती कर्मचारीका अनुसार, टिकट नपाउँदा धेरैजसो नेपालीहरू दुई/तीन हप्ता बस्नैपर्ने बाध्यता छ । आगामी नोभेम्बर १२ सम्म सबैजसो कम्पनीका विमानमा सिट बुक भइसकेको पनि बताइन् । करिब १ महिनादेखि नेपाल वायुसेवा निगमले क्वालालम्पुर-काठमाडौं रुटमा साप्ताहिक ४ उडान भर्दै आएको छ । ‘अहिले सातामा ४ उडान छ, यही अक्टोबर २८ देखि हप्तामा ६ उडान भर्ने तयारी गरिएको छ ।’
निगमका यहाँस्थित फाइनान्स म्यानेजर राजकुमार खड्काले मंगलबार भने । दूतावासले कामदारलाई भइरहेको टिकट अभाव सुल्झाउन नेपाल सरकार, निगम लगायत सम्बन्धित निकायलाई पत्र पठाइएको बताएको छ । यहाँ रहेका सबै विदेशी कामदार स्वदेश र्फकनु परेकाले टिकटको अभाव उत्कर्षमा पुगेको हो । हाल १ सय ८९ सिट क्षमताको निगमको जहाजको काठमाडौं उडान हप्तामा ४ दिन मात्रै भएको तथा अन्य विमान कम्पनीका विमानका पनि टिकट बुकिङको चाप अत्यधिक बढेकाले टिकट अभाव भई कामदार निकै मर्कामा परेका छन् । स्रोतका अनुसार कतिपयले चर्को शुल्क तिरेर टिकट लिनुपरेको छ ।

0 : बिचार र सुझाबहरु:
Post a Comment