Home » » 'बिहे नगर्ने तर सन्तानको रहर'

'बिहे नगर्ने तर सन्तानको रहर'

Written By Admins on Saturday, October 29, 2011 | 2:15 AM

पूर्वटेनिस स्टार अन्ना कर्निकोभाले आफ्ना लागि बिहे महत्त्वपूर्ण नभए पनि सन्तानको रहर भने रहेको बताएकी छिन् । 

उनले आफ्ना गायक प्रेमी इन्रिक इग्लेसियाज र आफ्ना लागि तत्काल बिहे महत्त्वपूर्ण नभएको सञ्चारमाध्यममार्फत प्रतिक्रिया दिएकी हुन् । 'अवश्य पनि म सन्तान चाहन्छु, त्यो मेरो आफ्नै पनि हुनसक्छ वा धर्मसन्तान पनि हुनसक्छ', नोभेम्बरको वुमन हेल्थ पत्रिकासँग ३० वर्षीया कुर्निकोभाले भनिन्- 'मलाई बच्चाको हेरचार गर्न मनपर्छ ।' 
लगातार चोटका कारण २००३ मा २१ वर्षकै उमेरमा टेनिसबाट बिदा लिन बाध्य भएकी कुर्निकोभा अहिले समाजसेवामा तल्लीन छिन् । हाल उनी 'द बिगेस्ट लुजर' मा ट्रेनरका रूपमा कार्यरत छिन् । उक्त रियालिटी -शोका सहभागीलाई तालिम दिनुअघि उनी आफू पनि नियमित व्यायाम गर्ने गर्छिन् ।
विभिन्न काममा व्यस्त भएकै कारण उनले ३५ वर्षीय इग्लेसियाजसँग बिहे गर्ने विषयलाई प्राथमिकतामा पनि राखेकी छैनन् । 'बिहे मेरा लागि प्राथमिकताको विषय होइन । म अहिले खुसीयाली सम्बन्धमा छु, त्यो नै महत्त्वको कुरा हो', कुर्निकोभा भन्छिन्- 'म वाचामा विश्वास गर्छु । हामी एक-अर्काप्रति प्रतिबद्ध छौँ तथा एक-अर्काको विश्वास गर्र्छौं अनि एक-अर्काको सम्मान गर्र्छौं । म जीवनमा त्यही गर्छु, जुन मलाई मनपर्छ । म आफ्नो गल्ती ढाकछोप पनि गर्दिन ।' साथै उनले बिहे गर्न किन आवश्यक छैन भन्ने कुरामा पनि चर्चा गरेकी छिन् । 
'बिहे नगरिकनै कसैसँग सुखद् जीवन बिताउन सकिन्छ भने बिहेको आवश्यकता छैन । बिहे गरेर छुट्टनिुभन्दा बिहे नगरी एकसाथ जीवन बिताउनसक्नु ठूलो कुरा हुन्छ, यो आ-आफ्नो सोचको विषय हो' -उनी भन्छिन् ।
२००१ मा इन्रिकको 'इस्केप' म्युजिक भिडियोमा देखापरेपछि उनीहरू नजिक भएका थिए । त्यसपछि उनीहरूले एकसाथ रहने निर्णयसमेत गरे । यद्यपि, ती दुवैले बिहेका विषयमा भने कुनै निर्णय गर्न नसकेको बताउँदै आएका छन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS