Home » » ओहायोमा नेपाली विद्यार्थी डाँगीको निधन !

ओहायोमा नेपाली विद्यार्थी डाँगीको निधन !

Written By Admins on Wednesday, November 2, 2011 | 5:57 AM


विगत दुइ बर्षअघिदेखि संयुक्त राज्य अमेरिकाको युनिर्सिटी फाइन्डले ओहायोमा अध्ययनरत वर्ष २४ का मुकेश डाँगीको अक्टोबर ३१ तारिख स्थानीय समय दिउँसो करिव साढे बाह्र बजे ओहायोमा गाडी दूर्घटनामा परी निधन भएको छ ।




इन्भारोमेन्टल पोलेसीमा मास्टर तहको अन्तिम वर्षमा अध्ययनरत डाँगी आफैंले चलाएको गाडी विपरित दिशाबाट आएको कारसँग ठोकिन पुग्दा उनको घटनास्थलमै निधन भएको जानकारी विश्वविद्यालयका इन्टरनेशनल स्टुडेन्ट को-अर्डिनेटर ब्राइनले दिएका छन् । विपरित दिशाबाट आएको कारमा सवार दुइ व्यक्ति भने घाइते भएका र अस्पताल पुर्याइएको थियो ।

स्थानीय प्रहरीले दिएको समाचार भन्दै ओहायोको कुरियर अनलाइनकाअनुसार डाँगीले २००२ को मिस्टिव्युसी कार चलाएका र स्थानीय हृयानकक काउन्टि रोड युएस ६८ उत्तर आर्लिंटनमा उक्त दूर्घटना भएको हो ।

विश्वविद्यालयले वासिंड.टन डीसीस्थित नेपाली दूताबाससँग सम्पर्क गरिसकेको र निधन भएका विद्यार्थीको शवलाई स्थानीय लुकासा काउन्टीस्थित अस्पतालमा पोष्टमार्टम गरिने जानकारी ब्राइनले दिएको दूताबासका प्रथम सचिव आनन्द शर्मालेलाई जानकारी दिनुभएको छ ।

नेपाल संखुवा-सभा चैनपुर घर भएका मुकेश विक्रम सम्वत् २०५८ सालको एसएलसी परीक्षामा संखुवा सभा जिल्लाकै सबैभन्दा बढी अंक प्राप्त गरी उत्तिर्ण भएका थिए ।

मुकेश पिता उमेश तथा माता विमलाका एक मात्र सन्तान रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

उनका पिता उमेश डाँगी नेपाल कम्युनिस्ट पार्टी (एमाले) संखुवासभाका जिल्ला अध्यक्ष हुन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS