Home » » भ्रष्ट देशको सूचिमा नेपाल कुन स्थानमा ?

भ्रष्ट देशको सूचिमा नेपाल कुन स्थानमा ?

Written By Admins on Friday, December 2, 2011 | 9:36 PM

नेपालमा पछिल्लो एक वर्षमा भ्रष्टाचार निवारणको अवस्थामा सुधार आउन सकेको छैन । ट्रान्सपरेन्सी ईन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धि विश्वव्यापी सूचकांक अनुसार नेपालले भ्रष्टाचारमा कमी ल्याउन नसकेको देखिएको हो ।


ट्रान्सपरेन्सीले विश्वभरका भ्रष्टाचार निवारणका लागि भएका सरकारी कामको विश्लेषण गरी दिने अंक यो वर्ष पनि अघिल्लो वर्षकै समान २.२ रहेको छ । विश्वव्यापी सूचकांकमा भने नेपाल ८ स्थान तल झरेको छ ।

यो वर्ष अध्ययनको सूचीमा ५ देश थप गरी विश्वका १ सय ८२ देशमा गरेको सर्वेक्षणमा नेपाल १ सय ५४ स्थानमा परेको छ । अघिल्लो वर्ष १ सय ७८ देशमा गरिएको सर्वेक्षणमा नेपाल १ सय ४६औं स्थानमा थियो ।

सन् २०११ को सर्वेक्षणमा सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड पहिलो स्थानमा छ । अघिल्लो वर्ष पहिलो स्थानमा रहेको डेनमार्क यो वर्ष दोश्रो नम्बरमा परेको छ ।

सूचकांक अनुसार चीन ७५ औं र भारत ९५ औं स्थानमा छन् । ट्रान्सपरेन्सीले पछिल्लो समय प्रदर्शन चर्किएका अरब राष्ट्र र ऋण संकटमा फँसेका देशहरुमा बढी भ्रष्टाचार भएको जनाएको छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS