तनहुँ जिल्लाको रिसिङखानी पोखरी वडा न १ घर भएका तेजबहादुर थापा इण्डोनेसियन नागरिक बन्न पुगेका हुन । थाइल्याण्डको बाटो हुँदै पेनाङमा आएर इण्डोनेसियनहरूसँगै काम गर्न थालेका थापालाई अवैधानिक भएको कारण प्रहरीले समातेको थियो । चौध दिनको जेल सजायपछि उनीसँग भएका सबै साथी इण्डोनेसियन भएका कारण प्रहरीले उनलाई पनि समातेर इण्डोनेसिया नै पठायो । मलायु भाषा नजान्ने थापा साथीभाईहरुले सहयोग गर्छु भनेपछि इण्डोनेशियन नै बनेर इण्डोनेसिया छिरेका थिए । इण्डोनेसिया पुगेपछि साथीभाईको सहयोगले उनी त्यहाँको नागरिक वन्न सफल भए ।
नेपाली भाषासमेत लगभग बिर्सिसकेका थापा अहिले भने घरपरिवार भेट्न नेपाल जाने तयारी गर्दैछन् । टेलिफोन हराएको कारण सवैसँग सम्पर्क बिच्छेद भएको र नेपाली भाषासमेत बिर्सिएको उनले बताए । ‘नौ वर्षसम्म नेपाली भाषा बोल्ने कोही पनि भेट्टाइएन कसरी सबै सम्झनु बिर्सिएछ ।’ केही महिनाअघि रोजगारीको सिलसिलामा इण्डोनेसियाबाट मलेसिया आउँदा आफनै नातेदारसँग सम्पर्क भएपछि नेपालमा अहिले उनको सम्बन्ध पहिले झैँ कायम भएको छ ।
नेपालमा एक छोरा, श्रीमती, बाबु-आमा सबै रहेको बताउने थापाले इण्डोनेसियामा घर बनाएपनि बिहे भने गरेका छैनन् । नेपालीहरुसँग भेटघाट भएपछि निकै खुसी लागेको उनले बताए । ‘मलाई मेरो जन्मभुमि घरपरिवारको निकै माया छ म मेरो परिवारलाई भेट्न छिट्टै नेपाल जादैछु’, उनले भने ।
0 : बिचार र सुझाबहरु:
Post a Comment