Home » » सामथ्र्यको समुचित प्रयोग

सामथ्र्यको समुचित प्रयोग

Written By Admins on Monday, December 19, 2011 | 1:30 AM

नेपाली जाति, भाषा, धर्म, संस्कृति तथा भूगोलका साथै जैविक विविधताको दृष्टिले पनि विश्कै समृद्ध देश मानिन्छ । जैविक विविधता भनेको प्रकृति र जीवित प्राणीहरुका साथै हावापानीमा समेत विद्यमान् विविधतालाई बुझ्ने गरिन्छ । त्यसैले, नेपाल प्राकृतिक स्रोत–साधनमा समेत धनी देश हो । कुनै पनि देशको सामथ्र्य उससँग भएका प्राकृतिक स्रोत–साधनहरुको आधिक्यताको तराजुमा जोगिन्छ । यस हिसाबले नेपाल प्राकृतिक सामथ्र्यले सम्पन्न देश हो तर दुःखको कुरा के हो भने नेपालको प्राकृतिक सामथ्र्यलाई समुचित रुपले दोहन गरी देशको विकासमा लगानी गर्न सकिएको छैन । त्यसैले, विश्वको दोस्रो ठूलो जलस्रोतयुक्त नेपालमा आज १२ देखि २२ घण्टासम्मको लोडसेडिङको मार जनताले व्यहोर्नु परिरहेको छ । यस्तो विडम्बनाको स्थितिका सिर्जनाकार अरु कोही नभएर राज्य सञ्चालक हिजोका शासक वर्ग राजतन्त्र र आजका राजनीतिक दलहरु नै हुन् l जसले देश विकासको विषयमा परामुखापेक्षी प्रवृत्तिलाई काखी च्यापिरहेका छन् ।


नेपालको प्राकृतिक सामथ्र्यबाट फाइदा लिन नसक्नुमा शासक वर्गमा रहेको परामुखापेक्षी प्रवृत्ति र जनचाहनालाई भन्दा शासकीय स्वार्थलाई प्राथमिकता दिने सोंच नै जिम्मेवार छ । अहिले देशमा राज्य पुनःसंरचनाको विषय प्रमुख मुद्दाको रुपमा चर्चामा रहेको बेला कतिपय राजनीतिक दलहरुले संघीय राज्य निर्माण गर्दा सामथ्र्यलाई प्रमुख ध्यान दिनुपर्ने कुरा उठाइरहेका छन् । सामथ्र्यविना नयाँ बन्ने संघीय राज्य टिक्न नसक्ने हुँदा त्यसलाई उपेक्षा गरिनु हुन्न तर सामथ्र्यको आधारलाई प्रमुखता दिएर संघीय राज्य बनाउने हो भने नेपालमा राज्य पुनःसंरचना गर्नै सकिन्न । कुनै पनि नयाँ संघीय राज्य सामथ्र्यको हिसाबले प्रबल छैन किनभने आजसम्म देशका शासक वर्ग र दलहरुले सामथ्र्यको प्रयोग र विकास नै गरेका छैनन् । छिमेकी देश भारत र चीनस“ग नेपालको सामथ्र्य तुलनायोग्य नै छैन तर स्वतन्त्र देश हो । यसको अर्थ हुन्छ–सामथ्र्य राज्यले प्रवद्र्धन गर्ने विषय हो । त्यसैले, राज्य पुनःसंरचनाको आधार सामथ्र्य होइन ।


सामथ्र्यकै कुरा गर्ने हो भने आज पहिचानको आधारमा राज्य पुनसंरचना गरेर भोलिका दिनमा त्यसको विकास र प्रयोग गर्न सकिन्छ । तराई, पहाड र हिमालको भौगोलिक विविधता तथा जाति, भाषा, धर्म र संस्कृतिको बहुलता भएको देश नेपालमा अहिले सामथ्र्यको सङ्कट होइन, पहिचानको सङ्कट प्रमुख हो । त्यसैले, भौगोलक विविधतामा आधारित सामथ्र्यलाई पछि प्रयोग र विकास गर्ने गरी पहिचानका आधारमा राज्य पुनःसंरचना गर्नु नै वैज्ञानिक कुरा हुन जान्छ । तराई, पहाड र हिमालका प्राकृतिक सामथ्र्यहरुको समुचित प्रयोग गरेर प्रत्येक राज्यलाई सबल बनाउन सकिन्छ । मध्य तथा सुदूर पश्चिमाञ्चलमा यो वर्षमात्रै ६० करोडको जडीबुटीमात्रै विदेशमा निकासी भएको कुरा आएको छ । त्यसलाई व्यवस्थितमात्रै गर्ने हो भने पनि नयाँ संघीय राज्यलाई समाथ्र्ययुक्त बनाउन सकिन्छ । त्यसबाहेक, खाद्यान्न उत्पादन, जलस्रोत, पर्यटन, फलफुल खेतीलगायत्का अन्य पक्षहरुको विकास प्रत्येक राज्यमा हुन सकेमा सामथ्र्य बढ्दै जानेछ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS