Home » » पूर्व विद्रोहीले प्रधानमन्त्री भने-’हामी कसरी भगौडा ?’

पूर्व विद्रोहीले प्रधानमन्त्री भने-’हामी कसरी भगौडा ?’

Written By Admins on Friday, December 30, 2011 | 6:44 PM

१५ पुस, काठमाण्डौ । चितवनका अञ्जानकुमार तिमिल्सिना जनमुक्ति सेनाका बि्रगेड कमाण्डर हुन् । उनले २०५८ पुस ४ गते तत्कालीन शाही सेनाको श्रीजङ्ग गण व्यारेक जिरीबाट विद्रोह गरेर जनमुक्ति सेनामा भर्ती भएका हुन् । तत्कालिन शाही नेपाली सेनामा हुँदा संयुक्त राष्ट्रसंघको शान्ति सेना बनेर लेबनान र इजरायलमा खटिसकेका हुन् । तत्कालीन संयुक्त क्रान्तिकारी जनपरिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सेना र प्रहरीका जवानलाई बिद्रोहका लागि आह्वान गरेपछि उनले सेनाबाट विद्रोह गरेर माओवादी सेनामा समेल भए ।



२०५८ मंसिर ८ गतेदेखि जनमुक्ति सेनाले शाही सेनामाथि हमला सुरु गरेपछि माओवादी नेतृत्वको आह्वानअनुसार सेना, प्रहरी र शसस्त्रबाट बिद्रोह गरेकाहरु अझै पनि करिव एक सयको संख्यामा जनसेनामा छन् । जसले हालै सकिएको वर्गिकरण प्रकृयामा समायोजनमा जाने बिकल्प रोजेका छन् ।
त्यतिखेर बिद्रोह गर्नेमध्ये कोही माओवादीकै राजनीतिक फाँटमा छन त कोही सैन्य फाँटमै । सेनाबाट बिद्रोह गरेकामध्ये माओवादी सेनाको उच्च पदमा पुग्ने अञ्जानकुमार पनि एक हुन् । तर अहिले उनीहरु आफ्नो भबिष्य सुनिश्चीत गरिदिन माग गर्दै माओवादी नेतृत्वको घरदैलोमा पुगिरहेका छन् ।

सेना र प्रहरीबाट भागेर माओवादी सेनामा सहभागी भएकालाई समायोजन गर्न नसकिने सेनाको अडानपछि अञ्जानकुमारजस्ता सयौं जनसेना अन्यौलमा परेका छन् । नेपाली सेनाले उनीहरुलाई भगौडा भन्दै कोर्टमार्सल हुने चेतावनी दिएको छ । सेनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले भने- ‘उनीहरुलाई कुनै हालतमा समायोजनमा लिइदैन, सैनिक ऐनअनुसार भगौडाहरुलाई कोर्ट अफ इन्क्वाएरीमा लगेर कारवाही गरिन्छ ।’
अञ्जानकुमार तिमिल्सिना जस्तै विद्रोही हुन् जाजरकोट खलंगाका दीपेन्द्रबहादुर बस्नेत -संघर्षशील) । उनले २०६० असोज ७ गते सशस्त्र प्रहरीको रक्तकाली गण बाङ्गे सिमल सुर्खेतबाट हतियारसहित विद्रोह गरेका थिए । त्यसपछि जनमुक्ति सेनामा सहभागी बस्नेत अहिले कम्पनी सहकमाण्डर छन् ।

शाही नेपाली सेनाको भवानी बक्स गण दैलेखबाट एम १६ हतियारसहिते विद्रोह गर्ने जाजरकोटकै गणेशबहादुर शाही हाल जनमुक्ति सेनाका कम्पनी कमाण्डर छन् । नेपाली सेनाको शिवदल गण गुल्मीबाट विद्रोह गर्ने दैलेखका नरेन्द्रबहादुर केसी पनि हाल जनमुक्ति सेनाका कम्पनी कमाण्डर छन् । उनीहरुले समायोजनमा जान चाहेका छन् । तर सरकार र राजनीतिक दलहरुले उनीहरुका बारेमा के सोचेका छन् त्यो भने हालसम्म थाहा हुन सकेको छैन ।
अञ्जान र दीपेन्द्रजस्तै जनसेनाहरु अघिल्लो साता काठमाण्डौं आए आफ्नो गुनासो पोख्न । माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनसेनाका कमाण्डर नन्दकिशोर पुन लगायतलाई भेटेर उनीहरुले आफ्नो समायोजनलाई सुनिश्चीत बनाइदिन आग्रह गरे ।
सेनाले मान्दैन, यो मामिलामा नपेलौं भन्दै उनीहरुलाई समायोजनमा नलैजाने नेतृत्वको मनसाय बुझेपछि आक्रोशित भएका उनीहरुले प्रश्न गरे- ‘हामीलाई विद्रोहका लागि उक्साउने यो देशका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री हुने तर हामी चाहिं जेल जानुपर्ने ? यसो भएमा हामी अर्को विद्रोहको तयारी गर्छौ।’
हामी सवै कुरा मिलाउँछौं- अध्यक्ष प्रचण्डले उनीहरुलाई दिएको आश्वासनबारे जानकारी दिंदै भेटमा सहभागी एक जनसेनाले भने- ‘मिलाउँछौ, चिन्ता नगर्नुस, ढुक्क हुनुस बाहेक बिश्वासयोग्य केही कुरा पनि बताउनुभएन् ।’
सेना र प्रहरीबाट बिद्रोह गरेकामध्ये सवैजसो संस्थापन पक्ष निकट भएपनि उनीहरुको मागलाई सम्बोधन गर्न नसक्दा वैद्य पक्षमा आर्कषिर्त हुनसक्ने खतराप्रति पनि उनीहरुले नेतृत्वलाई सचेत गराएका छन् । हातमा सीप भएका र लड्नसक्ने इच्छाशक्ति पनि भएका बिद्रोही जनसेनालाई थुमथुम्याउन नसके गम्भीर परिस्थीति आउने भन्दै उनीहरुले नेताहरुलाई चेतावनी पनि दिएका छन् । नेतृत्वलाई भेटेर फर्किनेबेलासम्म पनि उनीहरु आफ्नो समायोजन हुनेमा आशावादी हुन सकेका थिएनन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS