Home » » पूर्व विद्रोहीलाई के गर्ने ?

पूर्व विद्रोहीलाई के गर्ने ?

Written By Admins on Friday, December 30, 2011 | 1:56 AM

१५ पुस, काठमाडौं । चितवनका अञ्जानकुमार तिमिल्सिना जनमुक्ति सेनाका बि्रगेड कमाण्डर हुन् । उनले २०५८ पुस ४ गते तत्कालीन शाही सेनाको श्रीजङ्ग गण व्यारेक जिरीबाट विद्रोह गरेर जनमुक्ति सेनामा भर्ती भएका हुन् । शाही नेपाली सेनामा हुँदा संयुक्त राष्ट्रसंघको शान्ति स्थापना सेना बनेर लेबनाम र इजरायलमा खटिसकेका हुन् । उनले पार्टीले विद्रोहको अपिल गरेकाले पुरानो सेनाबाट विद्रोह गरेर गणतन्त्र स्थापना गर्ने लडाइँमा आफू समेल भएको बताए । २०५८ मंसिर ८ गतेदेखि जनमुक्ति सेनाले शाही सेनामाथि हमला सुरु गरेको थियो । त्यसपछि पुरानो सेनाबाट सशस्त्र र निःशस्त्र विद्रोह गर्ने क्रम बढेको थियो । जनमुक्ति सेनाको रेकर्ड अनुसार त्यसरी विद्रोह गर्नेको संख्या सयौं थियो । विद्रोहीहरु कोही राजनीतिक फाँटमा त कोह सैन्य फाँटमा छन् ।

सैन्य फाँटमा भएका जनमुक्ति सेना हाल कम्तिमा एक सयको हाराहारीमा छन् । उनीहरुमध्ये केहीले स्वेच्छिक अवकाश रोजेका छन भने केहीले समायोजन तर नेपाली सेनाले निहुँ खोजिरहेको छ कि उनीहरुलाई त कोर्टमार्शल हुन्छ र जेल हालिनुपर्छ । जनमुक्ति सेनाको अहिलेको स्तर निर्माण हुनुमा विद्रोही सेनाहरुको ठूलो हात रहेको छ । उनीहरुले प्रशिक्षकका रुपमा ठूलो भूमिका पनि निर्वाह गरेर लडाइँका अग्रमोर्चामा सामेल पनि भए ।

अञ्जानकुमार तिमिल्सिना जस्तै विद्रोही हुन्, जाजरकोट खलंगाका दीपेन्द्रबहादुर बस्नेत -संघर्षशील) । उनले २०६० असोज ७ गते सशस्त्र प्रहरीको रक्तकाली गण बाङ्गे सिमल सुर्खेतबाट हतियारसहित विद्रोह गरेका थिए । त्यसपछि जनमुक्ति सेनामा सहभागी बस्नेत अहिले कम्पनी सहकमाण्डर छन् । शाही नेपाली सेनाको भवानी बक्स गण दैलेखबाट एम १६ हतियारसहिते विद्रोह गर्ने जाजरकोटकै गणेशबहादुर शाही हाल जनमुक्ति सेनाका कम्पनी कमाण्डर छन् । नेपाली सेनाको शिवदल गण गुल्मीबाट विद्रोह गर्ने दैलेखका नरेन्द्रबहादुर केसी पनि हाल जनमुक्ति सेनाका कम्पनी कमाण्डर छन् । उनीहरुले समायोजनमा जान चाहेका छन् । तर सरकार र राजनीतिक दलहरुले उनीहरुका बारेमा के सोचेका छन् त्यो भने हालसम्म थाहा हुन सकेको छैन । उनीहरुले हालै माओवादी अध्यक्ष प्रचण्डलाई भेटिसकेका छन् । र, आˆना माग राखेका छन् ।

उनीहरुलाई सम्मानजनक समायोजन वा अवकाशमा नपठाएसम्म जनयुद्धको एक प्रमुख एजेण्डा पूरा हुँदैन । एक पूर्वविद्रोही सेना भन्छन्-’हामीलाई विद्रोहका लागि अपिल गर्ने उक्साउने यो देशका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री हुने तर हामी चाहिं जेल जानुपर्ने ? यसो भएमा हामी अर्को विद्रोहको तयारी गर्छौं ।’

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS