Home » » वार्ता सफल पछी मुक्ति मोर्चा समुहले हतियार बुझाए

वार्ता सफल पछी मुक्ति मोर्चा समुहले हतियार बुझाए

Written By Admins on Saturday, December 31, 2011 | 11:27 PM

 १७ पुस, काठमाडौं ।  शनिबार वीरगञ्जमा सरकारसंग चारबुँदे सहमति भएपछि संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा पवन समूहले सरकारलाई हतियार बुझाएको छ । पवन समूहले वार्ता सफल भएपछि ३१५ पेस्तोल चार थान र १२ बोरको पेस्तोल चार थान सरकारलाई बुझाएको हो । मोर्चाले सरकारलाई बुझाएको आठ थान हतियार सरकारी वार्ता टोली संयोजक शान्तिमन्त्री सत्या पहाडीले पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।




वार्तामा साउन २८ गते भएको सहमतिअनुसार मोर्चाले सरकारलाई हतियार बुझाउने, पूर्व सहमतिअनुसार मोर्चाका तर्फबाट शान्ति मन्त्रालयमा बुझाएको विवरणबमोजिमका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता र थुना तथा बन्दीको रिहाईसम्बन्धी प्रक्रिया थाल्ने, यसअघि भएका सहमति दुवै पक्षबाट कार्यान्वयन गर्ने र आगामी वार्ताको मिति एवम् स्थान आपसी सहमतिमा निर्धारण गर्ने सहमति भएको थियो ।

शान्तिमन्त्री पहाडीले राजनीतिक एजेन्डा बोकेका तथा गैरराजनीतिक सशस्त्र समूहलाई सशस्त्र द्वन्द्वको बाटो छाडी वार्ता र सहमतिबाटै समस्याको निकास खोज्न आहृवान गर्नुभयो । त्यस्तै मोर्चाका तर्फबाट वार्ता टोलीका संयोजक प्रल्हाद गिरीले वार्ताको माध्यमबाट राजनीतिक मूलधारमा आउन सबै भूमिगत संगठनमा रहेका युवालाई आग्रह गर्नुभयो ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS