Home » » माओवादी अनुपस्थितिले स्वेच्छिक अवकाशको खाका बन्न सकेन

माओवादी अनुपस्थितिले स्वेच्छिक अवकाशको खाका बन्न सकेन

Written By Admins on Wednesday, January 4, 2012 | 4:48 AM

२० पुस, काठमाडौँ । सेना समायोजन विशेष समितिको सचिवालयमा प्रतिनिधित्व गर्ने माओवादीतर्फका सदस्य बैठकमा उपस्थित नहुँदा माओवादी लडाकूको स्वेच्छिक अवकाशसम्बन्धी खाका तयार हुन ढिलाई भएको छ । माओवादीको जारी केन्द्रीय समिति बैठकका कारण सचिवालयमा प्रतिनिधित्व गर्ने माओवादी केन्द्रीय सदस्य चन्द्रप्रकाश खनाल, कुलप्रसाद केसी र लडाकू कमाण्डर तेजप्रकाश ओली बैठकमा उपस्थित नभएका कारण अवकाशका सम्बन्धमा प्रशासनिक गृहकार्य गर्न नसकिएको सचिवालय स्रोतले जनाएको छ । सचिवालयको बैठकमा उनीहरु उपस्थित नहुँदा अन्तिम निर्णय गर्न ढिलाई भइरहेको छ ।

गत आइतबार बसेको विशेष समिति बैठकले सात दिनभित्र स्वेच्छिक अवकासको खाका बनाउन तथा प्रशासनिक तयारीसमेत गर्न सचिवालयलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार आगामी बनिबारसम्म सचिवालयले सबै तयारी सकिसक्नुपर्ने छ । माओवादी प्रतिनिधिहरु बैठकमा उपस्थित भएमा स्वेच्छिक अवकासका लागि लाग्ने खर्चको अन्तिम हिसाब तयार पारी रकम निकासाको लागि आजै सरकारलाई जानकारी पठाउने सचिवालयले तयारी गरेको छ ।

करिब साढे दुई अर्ब रकम लाग्ने प्रारम्भिक अनुमान गरेको सचिवालयले बाटो खर्चका लागि दिइने रकम, शिविरमा पठाउने कर्मचारी र भौतिक व्यवस्थानको समेत खाका तयार पार्दै छ । सचिवालयले लडाकुलाई दिने रकमको व्यवस्थाका लागि सरकारी बैंकहरु सँगसमेत छलफल गरेको छ । नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकसँग सचिवालयले छलफल गरेको हो ।

सचिवालयले लडाकुलाई बैंक चेकमार्फत रकम भुक्तानी गर्ने योजना बनाएको भएपनि कतिपय लडाकुहरुसँग नागरिकता नभएकाले समस्या परेको छ । आफूहरुले नागरिकताको अभावले परेको समस्यालाई मिलाउन बैंकहरुलाई आग्रह गरेको सचिवालय सदस्य षडानन्द कुर्मीले बताउनुभयो । सचिवालयले शान्ति मन्त्रालयअन्र्तगतको शान्ति कोषलाई आवश्यक बन्दोवस्तीका सामान तथा सामान्य प्रशासन मन्त्रालयलाई जनशक्तिको व्यवस्था गरिदिन पनि आग्रह गरेको छ ।

स्वेच्छिक अवकाश प्याकेजको अलावा सरकारले अवकास लिने लडाकुलाई बाटो खर्चसमेत दिने योजना बनाएको छ । दुरी हेरिकन उनीहरुलाई २ हजार, ५ हजार र ८ हजार रुपैयाँ दिइने

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS