Home » , » धेरै घिउ खानेको शुक्रकिट कमी

धेरै घिउ खानेको शुक्रकिट कमी

Written By Admins on Saturday, March 17, 2012 | 1:42 AM

पुरुष मित्रहरु, चिल्लो पदार्थ भएका खानेकुराहरु धेरै खानुहुन्छ भने अबदेखि आफ्नो आहारामा परिवर्तन गर्नुहोला l यसो भन्दैमा चिल्लो पदार्थ खाँदै नखानुहोला भन्ने खोजेको होइन l चिल्लो पदार्थ भएका खानेकुराहरु अत्यधिक सेवनले तपाइको यौनस्वास्थ्यमा नराम्रो असर पुराउछ l अमेरीकी वैज्ञानिकहरुले हालै गरेको अध्यायनले धेरै चिल्लो पदार्थ खाने पुरुषहरुमा शुक्रकिटको उत्पादन कम हुने तथ्य पत्ता लगाएका छन् l

भोजनमा बढी चिल्लो तथा जंकफुड खाने पुरुषहरुको विर्यमा शुक्रकिटको मात्र न्युन हुने र भएका शुक्रकिटको गुणस्तर पनि कम हुने शोधकर्ताहरुको निष्कर्ष छ l अध्यायनका क्रममा शोधकर्ताहरुले अमेरीकी प्रजनन क्लिनिकमा आउने पुरुषहरुसंग उनीहरुको भोजनको प्रकृति र शुक्रकिटको अवस्थाका बिषयमा जाँच गरेका थिए l बोस्टनको हार्वाद मेडिकल स्कुलका प्राध्यापक जिल अटम्यानको नेतृत्वको वैज्ञानिकहरुको टोलीले गरेको अध्यायनका क्रममा बढी चिल्लो पदार्थ खाने पुरुषहरुमा कूल शुक्रकिटको संख्या मात्र नभएर विर्यमा शुक्रकिटको घनत्व समेत कम पाइयो l

चिल्लो पदार्थ बढी खाने गरेका पुरुषहरु सबैमा शुक्रकिटको मात्र प्रतिमिलिलिटर विर्य १ करोड ५० लाख औषत भन्दा कम पाइयोको छ l तर माछा तथा वनस्पति तेलमा पाइने चिल्लो पदार्थ भने तुलनामत्क रुपमा बाँसो तथा घिउ जस्ता जीवजन्य चिल्लोपदार्थ भन्दा स्वास्थ्यका लागि कम हानिकरक रहेको बिज्ञहरु बताउछन् l                      

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS