Home » » आफैंलाई गोली हानी प्रहरी आत्महत्या

आफैंलाई गोली हानी प्रहरी आत्महत्या

Written By Admins on Sunday, March 18, 2012 | 3:32 AM

म्याग्दी, चैत ५ । आफैंलाई गोली हान्दा म्याग्दीको बाबियाचौर प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) यामबहादुर लामिछानेको ज्यान गएको छ । सदरमुकाम बेनीदेखी १५ किमी पश्चिम बाबियाचौर प्रहरी चौकीका प्रमुख लामिछानेले राती ११ बजे छातीमा गोली प्रहार गरेको र उपचारक्रममा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बताएको छ ।


सहकर्मीसँगै टिभी हेरिरहेको अवस्थामा एक्कासी आफ्नै छातीमा होली हानेपछि घाईते भएका लामिछानेलाई सहकर्मीहरुले राति नै उपचारका लागि म्याग्दी अस्पताल पुर्‍याएका थिए । प्रनानि लामिछानेले किन आत्महत्या गरेका हुन् भन्ने केही खुल्न आएको छैन । यसबारे अनुसन्धान भैरहेको पनि प्रहरीको भनाई छ ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS