Home » » आज बिश्व पानी दिवस

आज बिश्व पानी दिवस

Written By Admins on Wednesday, March 21, 2012 | 11:51 PM

काठमाडौं, ९ चैत। अन्तराष्ट्रिय पानी दिवसको उपलक्ष्यमा सरकारले आजबाट एक साता जल सप्ताह मनाउने भएको छ। जलसप्ताह मनाउन सरकारी निकाय र पानीसँग सम्बन्धित संघ सस्थाहरुले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै एक सातासम्म पानीका मुहानहरुको संरक्षणका लागि थप सम्भावनाहरुको खोजी गर्ने भएका छन।

उपत्यकामा बाक्लीदो जनबस्ती र घट्दो पानीको स्रोतका कारण दैनिक प्रयोगका लागि पानिको अभाव बढ्दै गएको छ। पछिल्लो समयमा बनेका ठूला हाउजिङ, डिपार्टमेन्ट स्टोर, होटल र अव्यवस्थित घरहरुको निमार्णले जमिन मुनिको पानी समेत सुक्दै जादा निकट भविष्यमै काठमाण्डौ उपत्यकामा पानीको हाहाकार हुने बिज्ञहरुले औल्याएकाछन। अहिले उपत्यकामा मात्रै दैनिक ३५ करोड लिटर भन्दा धेरै पानीको माग रहेपनि दैनिक १२ करोड लिटरमात्रै आपुर्ती भईरहेको छ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS