Home » » मुस्ताङमा तिर्थालुहरुको भिड

मुस्ताङमा तिर्थालुहरुको भिड

Written By Admins on Sunday, March 25, 2012 | 1:26 AM

काठमाडौं, चैत १२ । धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको मुस्ताङमा चैते दशैं नजिकिँदै गर्दा तिर्थालुहरुको भीड बढ्न थालेको छ । चैतेदशैंको नवरात्र सुरु भएपछि मुस्ताङको प्रशिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र कागबेनीमा स्नानका लागि जाने तिर्थालुहरुको चहलपहल सुरु भएको हो । आफ्ना दिवंगत परिवारका सदस्यको चीर शान्तिको कामना गर्दै कागबेनीमा स्नान गर्न जानेको चाप बढिरहेको छ । सडक तथा हवाइमार्गबाट तिर्थालुहरुको चाप बढेपछि मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा रहेका होटलहरु भरिएका छन् ।

विगतका बर्षको तुलनामा यो वर्ष चैते दशैंको रामनवमीमा कागबेनी स्नान गर्न आउनेको संख्यामा बृद्धि भएको मुक्तिनाथ मन्दिरका पुजारीको भनाइको भनाइ छ । कागबेनीमा विहानैदेखि स्नान गरी मुक्तिनाथ मन्दिरमा पुजा गर्नेको भिड लागेको छ । त्यस्तै मुक्तिनाथ मन्दिरको दर्शन सहज बनाउन मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिले कागबेनी र मुक्तिनाथ मन्दिर आसपासका क्षेत्रमा स्वयंसेवक परिचालन गरेको छ ।

तिर्थालुको सुरक्षाका लागि प्रहरी परिचालन, उपचारको सुविधा लगायतको ब्यवस्थाका साथै कागबेनीमा रहेको श्री मुक्तिनाथ तिर्थयात्री सन्त सेवा आश्रममा समेत बस्ने ब्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । आफ्ना दिवंगत परिवारको चीर शान्तिका लागि कागबेनीको कालिगण्डकीमा तर्पण गरि मुक्तिनाथ मन्दिरको दर्शन गर्ने परम्परा रहेको छ ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी लगायतका तीर्थस्थलमा आन्तरिक तिर्थालुका साथै भारतबाट समेत ठुलो संख्यामा धार्मिक पर्यटकहरु आउने गरेका छन् । सिन्डिकेटका कारण निजी सवारीसाधन लिएर मुस्ताङ जाने पर्यटकहरु भने अवरोधको शिकार समेत बनेका छन् ।

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS