Home » » जल समाधि गरेर मृत्यु

जल समाधि गरेर मृत्यु

Written By Admins on Tuesday, March 27, 2012 | 6:17 PM

म्याग्दी, चैत १४ । म्याग्दीमा एकजना भिक्षुले जल समाधि गरेर मृत्युवरण गरेका छन् । पिप्ले गाविसस्थित गायत्री मन्दिरमा बस्दै आएका सिगाना–४ बागलुङका ८४ वर्षीय ढुण्डीराज उपाध्याय आफैले मङ्गलबार बिहान कालीगण्डकी नदीमा बगेर मृत्युवरण गरेका हुन् ।


सन्यासीका रुपमा मन्दिरमा बस्दै आएका उपाध्यायले आफ्नो इच्छाअनुसार जल समाधि गर्न लागेको पत्र लेखेर नजिकैको कालीगण्डकीमा बगेर मृत्युवरण गरेका उनका नाति लीलाराम गौतमले जानकारी दिए । कालीगण्डकीमा जल समाधि गरेमा स्वर्गमा पुगिने धार्मिक मान्यताअनुसार उनले सबैलाई जानकारी गराएर मृत्युवरण गरेको गौतमले बताए । पत्रसँगै उनले प्रयोग गर्ने कमण्डलु कालीगण्डकीमा फेला परेकाले जल समाधि गरेको पुष्टि भए पनि शवको खोजी भइरहेको आफन्तले जनाएका छन् ।
 

0 : बिचार र सुझाबहरु:

Post a Comment

समाचार अर्काइभ

Like us on Facebook
Follow us on Twitter
Recommend us on Google Plus
Subscribe me on RSS